पाँच जना विचौलिया पक्राउ

जनकपुरधाम ।  भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अंसारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशन कुमार यादव,जलेश्वर नगरपालिका–१का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका– ४का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीले जनाएको छ ।

उनीहरुलाई भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय महोत्तरी, जलेश्वर र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडिबाट पक्राउ गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य