शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शीलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर–८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध मुद्दा दायर भएको छ ।

शहीदनगर नगरपालिका–८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत रिपोर्ट बनाएको पाइएपछि आयोगले नागरपालिकाका तत्कालीन पूर्वप्रमुख उदयकुमार बरबरिया यादवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिलेमतोमा नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिए तापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम २ लाख १२ हजार ८ सय १६ रुपैयाँ २३ पैसा बराबरको रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले मुद्दा दायर गरेका १२ जनालाई जनही २ लाख १२ हजार ८ सय १६ रुपैयाँ २३ पैसा बराबरको बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शीलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिमाना गरी बिगोसमेत असुलउपर हुन एवं कार्य सम्झौताविपरीत भएको कामलाई सही देखाई गलत अनुगमन प्रतिवेदन तयार पारी भुक्तानीका लागि सिफारिस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिमानो मागदाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता