नेपाली निर्यातमा चीनको अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन हुँदै आएको छ । तर, व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोसरूपमा चालिएको देखिँदैन । बेलाबेलामा चीनसँग पनि कनेक्टिभिटीको कुरा उठ्दै आएको छ । चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७५-७६ मा २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको आयात भएको देखिन्छ । यस २०७७-७८ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ ।

आर्थिक वर्ष २०७८-७९ मा नेपालमा १६४ देशबाट १९ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८-७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख रुपैयाँबराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८-७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । २०७८-७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो । चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ । २०७८-७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो । २०७७-७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँको निर्यात गरेको थियो । २०७७-७८ को तुलनामा २०७८-७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आव २०७६-७७ को पहिलो तीन महिनामा १४ अर्ब रुपैयाँभन्दा बढीका सामान आयात गरेको थियो तर २०७५-७६ को तीन महिनामा १० अर्ब रुपैयाँभन्दा बढीका सामान आयात भएको थियो । आव २०७६-७७ को पहिलो तीन महिनामा नेपालबाट चीनतर्फ ३७ करोड ८ लाखका नेपाली वस्तु चीनतर्फ निकासी भएको थियो ।

बेलाबेलामा हुने अवरोधका कारण कनेक्टिभिटीको कुरा उठ्दै गर्दा चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ

नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिकरूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भएको अवस्थामा रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाँप बढ्दै गएको थियो ।

पछिल्ला समय नेपाली खाद्यसामग्री निकासी गर्न चीनले अवरोध गरे पनि अन्य सामग्री निकासी भइरहेको स्रोतले भने पनि बीचबीचमा कहिले आयात बन्द त कहिले निकासी बन्द गर्दछ । रसुवा नाकाबाट विगतमा चीनतर्फ जडीबुटी, हस्तकलाका सामान बढी मात्रामा निर्यात भएको देखिन्छ । नेपालबाट खाद्य निर्यात नभए पनि पैठारी चालू भई बढेदेखि भन्सार राजस्व पनि बढेको छ । भन्सार कार्यालयले यस नाकाबाट निकासीपैठारी महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तशुल्क, भ्याटलगायतका शुल्कवापत भन्सार राजस्व उठाइँदै आएको छ । साथै पश्मिना, गलैंचा, हस्तकला, चिया, फेल्ट चाउचाउ, अगरबत्ती, मह, बिउलगायतका वस्तु निकासी हुँदै आएको थियो । २०७९ फाल्गुनमा तातोपानी नाका खुल्न दोधारे अवस्थामा नेपालको चीनसँगको उतरी सतही व्यापार गर्न रसुवागढी र हुम्लाको यारी नाका खोलेको जस्तो देखिन्छ ।

चीनसँग जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्र बेलाबेलामा सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको बताइन्छ चीनको केरुङबाट रसुवागढी नाका हँुदै नेपालतर्फ रेडिमेड कपडा, कम्बल, घडी, जुता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनीकलगायतका सामान आयात हुने गरेको देखिन्छ ।

चीनले रसुवा नाका हँुदै नेपालबाट निर्यात हुने खाद्य सामग्रीमा बेलाबेलामा रोक लगाउँदै आएको छ । नेपाली निकासी सामानका संवेष्ठनमा नयाँशैलीका चिनियाँ अनुरोधअनुसार नेपालले आफ्ना निर्यात गर्ने सामानमा चिनियाँ लेबल राखिनुपर्ने माग नेपालसँग गरेको छ । नेपालबाट चीनतर्फ जाने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल राख्नुपर्ने भन्दै सेप्टेम्बरदेखि अर्थात् दुई महिनादेखि लैजान रोक लागेको स्थिति छ । तत्पश्चात् नेपाली सामान चीनतर्फ जान सकेको छैन भनिन्छ ।

चिनियाँ भाषामा मात्रै लेखिएका सामग्री नेपाली आयातमा नेपाली पक्षले जाँच पास गर्न छाडेपछि चिनियाँ पक्षले त्यसको बदलामा नेपाली वस्तुका प्रवेशमा अवरोध गरेको भनिएको छ । विगतमा चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितिजस्ता विवरण अंग्रेजीमा लेखेर ल्याउनु भनेसँगै त्यसको प्रतिक्रियामा नेपाली खाद्यवस्तुका लेबल पनि चिनियाँ भाषामा ल्याउन भनेपछि चीन सरकारले रोक लगाएको देखिन्छ भनेर भनिएको छ । तर, यसरी रोक लगाएको बुझिएको छैन । नेपाली खाद्यवस्तु निर्यातमा अवरोध आएपछि नेपाली खाद्यसामग्री सहजै चीन निर्यात गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले भन्सारसँग माग गर्दै आएका छन् ।

चीनसँगको व्यापारमा अप्ठ्यारा के छन् त ?
केही वस्तुमा अन्सार सुविधा दिए पनि गैरभन्सार अवरोध देखिन्छ । तसर्थ सीमामा फ्री इकोनोमिक जाने बनाउनुपर्ने विचार राखिँदै आएको छ ।

उत्पादकत्व र मागअनुसार गुुणस्तर कायम गर्न नसक्दा निर्यात हुन सकेको छैन । यीबाहेक व्यापार लागत र गैरभन्सार अवरोध अर्थात् प्रक्रियागत आवश्यकता पनि एउटा कारण मानिन्छ । नेपालले गुणस्तरीय सामान बाह्य बजारमा पस्किन सकेको देखिँदैन । हाल चीनले करिब ८ हजार ३ सय वस्तुलाई शून्य भन्सारमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेशका लागि खुला गरेको छ । भनिन्छ कि शून्य भन्सार सुविधा उपभोग गरी चीन निर्यात गर्ने उत्पादन नै नेपालसँग छैन । त्यस्तो उत्पादन भएका निर्यातकर्ताकोे निर्यात नगण्य रही आएको छ । नेपालको चाहनाअनुसार आफ्ना वस्तुका उत्पादन र त्यसअनुसारको वस्तुका सूची नेपालले चीनसँग हेरफेरको एजेन्डामा राख्नुपर्ने बताइन्छ । तर, दुवै देशका उच्चस्तरका नेता एकआपसमा भेट हुँदा यस्ता एजेन्डा बन्दैनन् ।

रसुवागढी नाकामा दोस्रो आधारभूत संरचना बनाइए पनि पहिलो सुख्खा बन्दरगाह भने सिन्धुपाल्चोकको लार्चामा हुनेछ

निर्यात बढाउन पहिलो प्राथमिकता उत्पादन बढाउने नै हो । त्यसका लागि पनि नेपालमा चिनियाँ लगानी बढाउन आवश्यक छ । निर्यात बढाउन पहिलेदेखि नै औद्योगिक क्षेत्र होइन विशेष आर्थिक क्षेत्रको निर्माण हुँदै जानु पर्दथ्यो । अब त नेपालले चीनको ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाहको उपयोग गर्न पाउने भएको छ । तर, यो कार्यान्वयनमा कहिले आउने हो त्यो गर्भको कुरा छ । यी ४ सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न नेपालतर्फको यातायात आवतजावत गर्न नाकाको पूूर्वाधार कमजोर रहेकाले यो सुविधासमेत उपभोग गर्न पाइएको देखिँदैन । तर, तातोपानी र रसुवागढीका सडक बाटाको अवस्था राम्रो छैन ।

समाधान कसरी होला त ?
यसरी नेपालले चीनसँगको सतही व्यापार विशेषतः निकासी बढाउन वर्तमान निकासी परिमाण र कारोबारलाई कायम राखी लार्चा र रसुवागढीमा चीन सरकारले नै विश्व व्यापार संगठन र चीन सरकारको आवश्यकताअनुरूप टीबीटी–एसपीएससम्बन्धी आवश्यकता बनाएर त्यसैअनुरूप नेपालले गुणस्तरीय नेपाली निकासी वस्तु चीनमा निकासी गर्ने गरेमा मात्र नेपालको उतरी सतही निकासी व्यापार ह्वात बढ्न जान्छ । अन्यथा, निकासी बढाउने भन्दैमा निकासी बढ्न गाह्रो देखिन्छ ।

सन् २०१४ भित्र नेपाल र चीन दुवैले नेपालको रसुवागढी भन्सार बिन्दुमा आधारभूत भन्सार पूर्वाधार र प्रशासनिक संरचना सञ्चालन गर्ने सहमति गरेका थिए । चीन–तिब्बततर्फ यस्तो पूर्वाधार पूरा भइसकेको छ भने नेपालतर्फ पूर्वाधार विकासको कार्य हुन बाँकी छ । रसुवागढी पारी चीनतर्फ तिब्बती जिलोङमा यस्तो पूर्वाधार बनिसकेको छ । तर, नेपाली भन्सारतर्फ यस्तो पूर्वाधारको कमी छ । महिनांै अगाडि अध्यागमनको अफिस खुलेको कुरा बाहिर आएको थियो । तैपनि रसुवागढीमा कस्तो मोडालीटीमा इन्ल्यान्ड कन्टेनर डिपोट–आईसीडी बनाउने’bout तय भएको देखिन्छ । चिनियाँ पक्षबाट रसुवागढीमा आईसीडी बनाउने स्थल निरीक्षण भइसकेको छ । यसको प्रतिवेदनपछि निर्माण कार्य अगाडि बढ्नेछ भनिएको थियो । यो नेपाल–चीनबीच व्यापार हुने दोस्रो ठूलो सीमानाका भएका कारणले यस नाकाबाट व्यापार ह्वात बढाउन र बढी मात्रामा बाणिज्य लाभ पाउन दुई देशबीच रसुवा नाकाको स्तरोन्नति गराउन सहमति भएको देखिन्छ । यो बुझिएको छ कि चिनियाँ पक्षले आईसीडी सुख्खा बन्दरगाह बनाउनु अगाडि नाकामा आवश्यक पूर्वाधार बनाउने निधो गरेको देखिन्छ ।

नेपाल र चीनबीच व्यापार फस्टाउन नसकेको कारण विद्यमान कमजोर व्यापार आधारभूत व्यवस्थालाई औंल्याइएको छ । रसुवागढीसहित ४ सुख्खाबन्दरगाह निर्माण र स्तरोन्नति गर्न चीनसँग सन् २०१२ जनवरीमा सहमति भएको थियो । यस्तो सम्झौता चीन–नेपाल सीमामा पोर्टको व्यवस्थापन गर्ने भनी सम्झौता भएको देखिन्छ । यी चार सुख्खा बन्दरगाह निर्माण गर्नेमा पुलर–यारी, जिलङ–रसुवा, भ्mयामु–कोदारी र रिउ–ओलाङचुङगोला परेका छन् । नेपाल–चीनबीच आधा दर्जन सीमापार नाका तोकिए पनि तातोपानी नाकाबाट द्विपक्षीय व्यापारका लागि अधिकतम प्रयोग गरिएको छ । यदि रसुवागढी नाकाको सुख्खा बन्दरगाह बनेमा यो उतरी नाकामा दोस्रो आधारभूत संरचना हुनेछ । चिनियाँ सहयोगमा पहिलो उतरी सीमा सुख्खा बन्दरगाह संरचना सिन्धुपाल्चोकको लार्चामा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै