काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारजनाको उम्मेदवारी कायम भएको छ ।
शनिबार मनोनयन दर्ता गरेकाउपर परेका उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारजना उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो ।
जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)