हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ ।

नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ ।

आँखाले देख्न सकिने धुलोका कणलाई पीएम १० मा मापन गरिन्छ । पीएम २ दशमलव ५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पीएम २ दशमलव ५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने गर्छ ।

चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतामा समेत ह्रास गराउनेलगायत हुन्छन् ।

प्रतिवेदनअनुसार वायु प्रदूषण र मृत शिशु जन्मनुको सम्बन्ध’bout यो अहिलेसम्मको विस्तृत अध्ययन हो । अध्ययनअनुसार सन् १९९८ देखि २०१६ सम्म १३ हजार ८ सय ७० आमासँग जोडिएको गर्भावस्थाका ४६ हजार ३ सय १९ वटा घटना विश्लेषण गरिएको जनाइएको छ । अ

ध्ययन प्रतिवेदनमा भनिएको छ, मृत शिशु जन्मनुको प्रमुख कारकका रूपमा वायुमण्डलमा धुलोका मसिना कण २ दशमलव ५ पीएमले प्रतिकूल प्रभाव पार्ने गरेको भेटिएको उल्लेख छ ।

मृत शिशु जन्मनुमा आमाको शरीर हुँदै गर्भमा रहेको बच्चामा प्रदूषित हावा पुग्दा त्यसले गम्भीर समस्या उत्पन्न गर्नसक्ने ’boutमा सन् २०१८ मा एक अध्ययन प्रतिवेदनमा समेत उल्लेख छ । बेलायतको लन्डनमा बस्ने गर्भावस्था आमाहरूलाई समावेश गरिएको नयाँ अध्ययनले उनीहरूको प्रत्येक बच्चाको प्लेसेन्टामा काला कण पत्ता लगाएको अनुसन्धानकर्ताले भनेका छन् ।

वायु प्रदूषणले बच्चाहरूको विकासशील फोक्सोलाई हानि पु¥याउँछ र उनीहरूको विकासशील मस्तिष्कलाई स्थायी रूपमा क्षति पु¥याउनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । वायु प्रदूषणले गर्भमा नजाने शिशुहरूलाई हानी पु¥याउनु विश्वव्यापी स्वास्थ्य विपत्ति हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

नेपालमा बर्सेनि ३० हजार हाराहारीको मृत्यु
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष निकाल्ने प्रतिवेदनअनुसार नेपालमा ३० हजार हाराहारीमा मानिसको मृत्यु हुने गरेको तथ्यांक निकाल्ने गरेको छ । जसबाट वार्षिक ३ खर्बभन्दा बढी नोक्सानी हुने गरेको देखिएको छ । विश्व बैंकको प्रतिवेदनले एसियामा वायु प्रदूषण अति खराब रहेका विश्वका १० सहरमध्ये ९ सहर पर्ने उल्लेख छ ।

तर सरकार, गैरसरकारी संस्था तथा सरोकारवाला निकायले भने वातावरणको प्रदूषण रोक्ने विषयमा वास्ता गरेका छैनन् । मनसुनको समयमा वर्षा हुने भएकाले केही मात्रामा भए पनि धुलोको मात्रा कम हुने देखिन्छ । तर, मनसुन रोकिएपछि मौसम सुक्खा हुँदै जाने भएकाले धूलो र धुवाँको मात्रामा वृद्धि हुँदै जान्छ । जसका कारण वातावरणमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएका प्रदूषणका कणहरू हावामा फैलन जान्छन् । जसका कारण त्यसले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न जान्छ ।

जानकारहरूका अनुसार हावामा फैलिने हानिकारक प्रदूषणका कण पीएम २ दशमलव ५ को मात्रा ४० भन्दा कम रहनुपर्छ । तर, यस वर्षको मनसुन सकिएको पछिल्लो एक सातामा मात्रै राजधानीको हावामा प्रदूषणको मात्रामा गुणात्मक वृद्धि हुन पुगेको छ । जसका कारण अस्पतालमाहरूमा श्वासप्रश्वासका बिरामीको मात्रासमेत बढेको छ ।

मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ । ‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यो क्षेत्रका देशले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ । जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धुलोका कण (पीएम २ दशमलव ५) विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (५ माइक्रोग्राम प्रतिघनमिटर) भन्दा २० गुणासम्म बढी रहेको पाइएको छ ।

प्रदूषणको स्रोत
उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ । त्यसैगरी, फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने अध्ययनले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित