कोरोना आशंकाको पहिलो परीक्षण रिपोर्टः ‘नेगेटिभ’



बागलुङ । कोरोना भाईरस संक्रमण आशंकामा बागलुङबाट पहिलो पटक नमुना परीक्षणको लागि पठाइएको ‘स्वाब’को रिपोर्ट नेगेटिभ आएको छ ।

भाईरस संक्रमण आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना भएका बागलुङ नगरपालिकाका युवाको बिहिबार नेगेटिभ रिजल्ट अर्थात संक्रमण नभएको पुष्टि भएको हो ।

भारतको पटनाबाट घर फर्केका बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखेका थिए । सोमबार उनको थ्रोर्ट स्वाब निकालेर काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो ।

रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए । उनको स्वास्थ्य अवस्था राम्रो रहेकाले बिहिबार नै डिसचार्ज गरिएको छ ।

डिसचार्ज पनि भए पनि अझै केही दिन घरमा सुरक्षित रहन आग्रह गरिएको डा. शैलेन्द्र बि पोख्रेलको भनाई छ । ‘शंकास्पद बिरामी आएमा हामी तत्काल आइसोलेशनमा राख्छौं र आवश्यक जाँच अघि बढाउछौँ, उनले भने– ‘मिल्दा जुल्दा लक्षण पाए जाँचको लागि पठाउँछौँ ।

पहिलो रिपोर्ट नेगेटिभ आएकोले जिल्लावासीलाई त्रसित नभई उच्च सतर्क भएर बस्न डा. विकले आग्रह छ । बागलुङदेखि बुधबार एक जना महिलाको स्वाब परीक्षणको लागि पठाइएको छ ।

फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी १९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी बागलुङ नगरपालिका–४ की महिलाको परीक्षणको लागि नमुना पठाइएको छ । उक्त नमुनाको रिपोर्ट शुक्रबार आउने अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम