बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । मन्त्रालयले बिहिबार वकिल पाललाई सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा गाउपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो । गाउपालिका अध्यक्ष सरोज यादवको पहलमा गाउपालिकाले अधिकृत पाएको हो ।
प्रमुख प्रशासकिय अधिकृत पाल एक कुशल अधिकृतको रुपमा फेटा गाउपालिका, करैयामाई, बारागढी लगायतको पालिकाहरूमा आफ्नो कुशल नेतृत्व गरिसकका छन् । उनी प्रखर अधिकृत सहित कानुन शास्त्रका अनुभवी व्यक्तित्व समेत रहेको छन् ।
मेयर यादव आफु निकै हर्षित भएको बताउँछन् । आफ्नो कार्यकालको पहिलो आर्थिक वर्ष सक्ने बेला सम्म अधिकृतको स्थायित्व नहुदा विकास निर्माणको कार्य गर्न नसकेको मेयर यादव बताउँछन् । प्रमुख प्रशासकिय अधिकृत पालको हाजिरसगै अब विकासको गतिलिने आफुले विश्वास लिएको उनि बताउँछन् ।