वीरगन्ज कारागारबाट फरार तुरहा पक्राऊ

वीरगन्ज । जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद भुक्तान गर्दै आएका सुनिल साह तुरहा वीरगन्ज कारागारबाट फरार भएको ५ घण्टापछि पक्राउ परेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरिया घर भएका ३० वर्षीय तुरहा बिहीबार बिहान ८ः२० बजे कारागारबाट फरार थिए । उनी सरसफाई गर्ने वहाना गरी कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट फरार भएको वीरगन्ज कारागार कार्यालयका निमित्त प्रमुख देवनाथ साहले बताए ।

भारत विहार जिल्ला मोतिहारी थाना आदापुर पुगिसकेको समयमा कैदिबन्दी तुरहा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । नेपाल भारत सीमाक्षेत्र उपार पुग्न थालेको समयमा उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको उनको भनाइ छ । पर्सा जिल्ला अदालतले २०७५ साल कार्तिक १४ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरी कैद भुक्तानका लागि कारागार पठाएको तथ्य छ प्रहरी उपरीक्षक भट्टराईले बताए ।

तुरहा २०८९ सालमा कैद भुक्तान गरिसक्ने अवस्थामा थिए । २०७४ साल फागुन १७ गते जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामै रहेको समयमा पर्सा जिल्ला अदालतबाट उनी दोषी ठहर भएको पाइएको छ कारागारका प्रमुख साहले विस्तृतमा बताए ।

कारागारबाट फरार भई पक्राउ परेका तुरहालाई अहिले पर्सा प्रहरीको थुनामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले बताए । उनलाई थप अनुसन्धान गरी आवस्यक कार्वाहीका लागि सम्बन्धित निकायमा पठाइने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज कारागारबाट फरार तुरहा पक्राऊ