पंक्तिकार सिनेमाको पारखी होइन । राम्रो छ रे भन्ने सुनेपछि राजा हिन्दुस्थानी सिनेमा हेरेको हो, नेपाली फिल्मलाई माया गर्ने नाताले पुरानो फिल्म आमा, सिन्दुर केही हेरियो होला । अँ, एउटा हिन्दी अर्को फिल्म सोले पनि हेरेको याद छ । बाँकी लेखपढमै समय बित्यो । तास खेल्न जानिएन, पिउने कला भएन, रेस्टुराँमा पसेर खाइएन, जिन्दगीभरमा वार्षिक तीन जोर कपडाले पु¥याइयो, अहिले पनि एउटा कोठाबाट अर्को कोठामा जाँदा पहिलेको कोठाको बत्ती निभाउने गरिएको छ । जाडोमा फ्रिज बन्द गर्ने गरिएको छ, गर्मीमा पंखा र सिटामोल किन्दा १० प्रतिशत छुट माग्ने गरेको छ । नेपालीको अवस्था यसभन्दा माथिको छैन । तर, देखिन्छ कोठामा दिनभरि सित्तै बत्ती बल्छ, मान्छे नहुँदा टिभी खुल्लै हुन्छ, अवस्थाअनुसार घण्टाघण्टामा ड्रेस बदलिन्छ, बाँकी धागो तान्नुपरेन । भुटानी शरणार्थी प्रकरणमा मानव तस्करी गर्दै पैसाको थैली कुम्ल्याउन भएको प्रसंगमा मात्र यो विषय कोट्याइएको हो ।
बालुवाटारले भनेको सुनियो ‘यो त फिल्मको ट्रेलर मात्र हो’ पूरा फिल्म हेर्न बाँकी छ, साँच्चै सबै फिल्म देखाइयो भने यहाँका सबैजसो राजनीतिक र राजनीति संरक्षित मान्छेहरू सबैजसो फिल्मका पात्र बन्नुपर्नेछ । ३३ वर्षयता देशले कोल्टो फेरेको हो, पछिल्ला दिनमा कोल्टै फेर्न नसकेको देश अब पूरै कोमामा गइसकेको छ । काप्दै छ, मातृभूमि थरथरि, अब आईसीयू उपचारले पनि तङ्ग्रिन सक्ने अवस्था छैन । भूmठो सुशासनले आफ्नो स्वरूप देखाएको छ, शिक्षा सेवामा रहेका प्रधानाध्यापक गृहमा काज सरुवा गर्न मिल्ने कतै कानुन छैन, आफन्तलाई पीए राख्ने चलन त पुरानै हो ।
परिवारकै नाम राखेर एकमुष्ठ थैली असुल्ने पनि रोगै हो । डाडु–पन्यू हात परेका बेला पहिलेपहिले विवाहमा देखिन्थ्यो, जन्तेबाख्रो खाने पकाउने चलन । खसीको ह्याकुला र फल मासु जति भान्छेले आपैm राख्थ्यो, जन्तीहरूलाई बारीको पाटामा लाइन बसाइन्थ्यो, पकाएको मासु लुकाएर नुनपानी मात्रै, चुहिने टपरीमा हाल्दै भान्छे कुद्थ्यो, नुनपानी टपरीबाट चुहिसक्थ्यो, दोहो¥याएर माग्यो भने सकियो भनिन्थ्यो । देशका चालकहरूले अहिले त्यही गरे । समाजवाद भने चुहिएर पनि गरिबलाई भाग आउँछ भने, परिणाम उल्टो आयो खप्नै नसकेर नेपाली खाडी गए ।
जान सक्ने युरोप अमेरिका, अस्ट्रेलिया गए, कोही बाकस चढेर फर्किए, कोही यतै आँपको रूखमा आँपै भइदिए, धेरैले पेट्रोल शरीरमा हाले, सलाई कोरे, पछिल्लो लोकतन्त्रका बाहकहरूले दिएको पुरस्कार यति मात्रै छैन, आपूmले भने बालुवा गिटी, वन, रक्तचन्दन सुन मात्रै तस्करी गरेनन्, मानव तस्करी पनि गरियो । अमेरिका उडाउने भन्दै ८ सय ७५ जनालाई भुटानी शरणार्थी भन्दै राजनीतिको छहारीमा करोडौं रकमको ब्रह्मलुट भएको खबर बाहिरिएको मात्रै होइन आन्तरिक मामला हेर्ने केन्द्रीय व्यक्तिहरू नै प्रहरीको नियन्त्रणमा रहेका छन् । पंक्ति तयार भइरहँदा संगठित अपराध आरोपितको सूची लामै देखिएको छ, सञ्चारमाध्यममा ।
पछिल्ला दिनमा कोल्टो फेर्न नसकेको देश अब पूरै कोमामा गइसकेको छ
देशमा यो अपराध मात्रै होइन, दर्जन होइन, सय होइन, हजारमा होइन माथिकै संख्यामा हुन्छ । सल्लाहकारहरू किन राखिन्छन्, निजी सहायकहरू किन धेरै हुन्छन् यति सानो देशमा ? यति धेरै मन्त्री र सांसद किन हुन्छन् ? अब खोजीको विषय हुनुपर्छ । देशमा केवल स्रोत र साधनको दोहन मात्रै भएको छ कि, बिचौलियामार्पmत् मात्रै अनि ठेकेदारहरूबाट मात्रै राज्यको स्रोत वितरण भएको हो कि अध्ययन आवश्यक छ । सडकको गुणस्तर किन छैन, परियोजनाहरू समयमा किन सम्पन्न हुँदैनन्, यो कुरा बुभ्mन पनि असहज छैन । भूमि प्रशासन, यातायात, वैदेशिक रोजगारीलगायत जताततै अतिरिक्त शुल्क लाग्छ किन ? जग्गाको मोल सरकार भनौं पालिकाहरूले कर कलेक्सन गर्न आपैm बढाएका छन् किन ? किनबेचको मूल्यभन्दा राजस्व र अतिरिक्त खर्च बढी लाग्ने किन ?
अचेल सम्पत्ति आप्mनैमा पनि पुस्तान्तरण हुन सकेको छैन अहिले । पैसा धेरै लाग्ने भएर, सजिलै काम नहुने भएर, पूर्खाको सम्पत्तिमा लाभकर किन ? नानाथरिका करले जनताले सेवा के पाए, स्वास्थ्य सेवा कुरूप छ, अस्पताल नपुग्दै मान्छे मर्छ, विद्यार्थी शुल्क तिर्न नसक्दै आत्मदाह गर्छन् किन ? दस जोड दुई गर्दैगरेको विद्यार्थी खाडीमा भेटूँला है भन्छ किन ? यति साह्रै विषम परिवेश त विगतमा थिएन । एउटी गृहिणीले हजार नभई एक छाक भान्छा चलाउन सक्दिनन् किन ? छिमेकमा १० ले एक थाल भात खान किन पाइन्छ ? ग्याँसको भाउ घटेर आउँदा यहाँ किन घटाइएन ? पोहोरको घाटा भन्दै अहिले सोहोर्न मिल्छ र ? सरकारी संस्थानले क्रय मूल्यको दोब्बरमा बिक्री गर्न हुने निजीहरूलाई १५÷२० प्रतिशत मात्रै नाफा भनेको किन ? ती पनि अहिले त थला परेका छन् । ४० प्रतिशत सटरहरू बन्द छन् ।
संघीयता आउँदा पनि बिल काट्न मात्रै आफ्नो ठाउँ जाने ट्राफिक जाम, ढल पानीको दबाब, पूरै सहर प्रदूषित गर्न यही थुप्रिनुपर्ने किन ? गाउँमा मुसा पनि भोकै छन् अहिले, कसरी आयो सिंहदरबार गाउँमा ? हो, आयो पालिकाका सम्बद्ध व्यक्ति जसले अर्बौं बेरुजु राखेर तर मारे । प्रदेशका नाममा ब्रह्मलुट गर्नेलाई आयो, सिंहदरबार । दल र बलबहादुरहरूलाई आयो, सिंहदरबार । गरिबलाई आएको भूकम्पका नाममा नीलो जस्तापाता, पूरै बास गुमाए, कटेरोमा परे, वर्षौंको कठीन प्रतीक्षापछि केही टहरा बने । पंक्तिकार भरखरै पूर्वको सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, दोलखा, उदयपुर, ओखलढुंगा, खोटाङ, रामेछापको निजी अवलोकन भ्रमणमा जाँदा विरक्तिएका ढुंगाका ककराबाहेक केही देखेन । केही नीला जस्ताका कटेरा देख्यो । देश भ्युटावर र प्रयोगमा नआउने धरहरा बनाउन हतार गर्ने तर गाईभैंसी, प्रांगारिक मल उत्पादन गर्ने अनि त्यसैले घरखेतको खाद्यान्न उत्पादन गर्ने किसानलाई दलको सरकारले खाडीमा धकेलेको छ । केही वर्ष यतासम्म जीडीपीको एक तिहाइ कृषि अंश भइरहँदा अब २० प्रतिशततिर झारेर विप्रेषणको जीडीपी योगदान २५ प्रतिशत पु¥याउँदा मक्ख पर्ने नेता र त्यही रकमले आफ्नो जोहो गर्नेलाई के भन्ने अहिले ?
किन थुप्रनु परेको यो विषाक्त काठमाडौंमा सबै । विकास गाउँ जाने भनेको बाढी पहिरो मात्रै गाउँ जाने किन ? किन भएन सिँचाइ सुविधा, रासायनिक मलको आपूर्ति, किन अकासियो व्यापार घाटा र ऋण ? गाउँमा मान्छे छन् बूढाबूढी, असहाय, भाग्यलाई धिक्कार्दै काल पर्खिरहेका छन् । सिटामोल दिने कसले ? बिरामीका बेला तातोपानी वा मरेका बेला लासको व्यवस्थापन कसले गर्ने ? युवाहरू खाडी पुगिसकेका छन् ।
देशलाई कायापलट गर्ने नारा बाँडियो, कहिल्यै पूरा नहुने सपना बाँडियो, माक्र्सको सिद्धान्त, लेनिन र गान्धीको फोटो देखाइयो, दिव्य उपदेशबाट देशको रूपान्तरण हुनसक्ने स्वदेश भक्तिको व्यवहारपरस्त देश निर्माता पृथ्वीनारायणको सालिकमा लात हानियो, सातैपिच्छे बिदा भएको, दिवस भएको देशमा वर्षको एक दिन पूर्खालाई सम्झन दिइने बिदा कटौती गरियो र दिन लाग्दा धनयुद्धलाई जनयुद्ध दिवस भन्दै साटासाट गरियो । पूर्खा थिएनन्, तिनले दुःख गरेका थिएनन् भने यो देशमा लडिबुडी गर्न पाइन्थ्यो होला ? कुनै देश आकाशबाट खसेर आउने हो ? देशलाई मलजल गर्ने काम देशवासीकै होइन र ? देशको प्रतिष्ठा कहाँ गयो अहिले ? नेपालीलाई भुटानी बनाउन मिल्छ र ?
साँच्चै सबै फिल्म देखाइयो भने यहाँका सबैजसो राजनीतिक र राजनीति संरक्षित मान्छेहरू फिल्मका पात्र बन्नुपर्नेछ
अब नेताहरूले देश सिक्किम बनाउँछन् भन्दै गरेका कुरामा विश्वास गर्ने आधार यो भएन र ? भातै खान नपुग्दा कसैले २, ४ हजार घुस खाएको जस्तो विषय हो र यो ? यतिसम्म निर्लज्ज व्यवहार कसरी भयो ? कति मानिस त दल आबद्ध छैनन्, तर दलबहादुरहरूले गरेको व्यवहारप्रति अनभिज्ञ छैनन्, कोही । सरकारी तलब खाएर ट्रेड युनियन किन पालेका दलहरूले ? युनियन बनाउन पाइन्छ, संगठित हुन पनि पाइन्छ तर सरकारी सुविधा लिनु भएन वा सेवामै युनियन चाहिन्छ भने एकै युनियन पो हुने त होइन र ? दलहरू च्याउ उम्रिएभैm उम्रने अनि तिनकै संरक्षणमा अलगअलग युनियन किन नि ? शैक्षिक क्षेत्रमा पनि त्यस्तै छ । थरिथरिका युनियन आवश्यक छैन । तिनलाई दिने लजिस्टिक सपोर्ट राज्यले नै किन व्यहोर्नुपर्ने ?
ढिलै भए पनि फिल्मको पर्दा खुलेको छ तर अरू पर्दा धेरै बन्द छन् । वाइडबडी, लाउडा, क्वीन्टल सुन, ललिता निवास, ओम्नी, यती, एनसेल, रक्तचन्दन, गैंडाको खाक, बाघका छालाहरू कहाँ जान्छन् ? वर्षमा तीनपटक मन्त्री किन फेरिन्छन् ? यति धेरै मन्त्रालय, आयोग, नियोग, संस्थाहरू आवश्यक छन् र ? जनतामा सार्वभौमिकता भयो भन्दैमा पेट भरिन्छ ? भरियो त ? किन दुर्गन्धित छन् नदीहरू ? किन खानेपानीको प्रबन्ध भएन काठमाडौंमा ? धारामा पानी पहिले त सधैं आउँथ्यो, तीन तलामाथि पनि चढ्थ्यो, ५ रुपैयाँको बिल आउँथ्यो, अहिले १२ सयको बिल मात्रै आउँछ, पानीको त थोप्पो नै झर्दैन । एक महिनामा एक–दुई घण्टा पानी आउला त्यो पनि लेदो मिसिएको । बच्चाले पिसाब गरेको गतिमा पानी आउँछ, यो त अति भएन र ? पानीका व्यापारीलाई राजनीतिको छहारी पाएर हो कि अथवा सास, बासमा पनि व्यापार गर्न खोजेर हो ? यो समस्या नयाँ होइन दसकौं भइसक्यो ।
धारा, बत्तीको छुटको बजेट वक्तव्य दिने अर्थमन्त्री पनि अभैm छन् । दिल्ली पन्जावजस्तो घनाबस्तीमा यो सम्भव किन र कसरी भयो ? यहाँचाहिँ किन भएन ? गरिब जनतातिर फर्केर आप्mनै विगत फर्केर हेरौं त एकपल्ट कहाँबाट उम्रिएको कहाँ पुगियो ? अनि सर्वसाधारण कहाँ छन् र कता जाँदै छन् नहेर्ने त अभैm ? देशको सिनेमा त हेरिएला सिमाना पनि हेर्ने कि मित्रहरू ?






