बझाङको हिमपहिरोमा परेका तीनै जना मृत

बझाङ । बझाङको सुर्मा गाउँपालिकाको यार्चा संकलन गर्न गएका तीनै जना मृत भेटिएका छन् । उनीहरु धानसेरी हिमालमा हिमपहिरोमा परेका थिए । हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका – ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी नगरपालिका – ११, मयानाका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका – ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?