मुम्बई । सन १९९० को दशकमा धेरै हिट फिल्म दिएकी बलिउड अभिनेत्री करिश्मा कपुरको दाम्पत्य सम्बन्ध टुटेपछि उनका परिवार निकै दुःखी भए । अहिले पनि उनका परिवार दुःखी नै छन् । उनी लामो समयदेखि अभिनयबाट टाढा छिन् । हालै करिश्मा कपुरले आफ्नो पूर्वपछि सञ्जय कपुरसँग एउटा डिनरमा सँगै गएपछि उनी बिबादमा परेकी छिन् । करिश्मा कपुर र सञ्जयका दुई सन्तान छन् । ती सन्तानलाई करिश्माले जिम्मा लिएर सँगै राखेकी छिन् ।
करिश्मा कपूरले सञ्जय कपूरलाई मन पराएर विवाह गर्न लाग्दा उनकी आमा बबिता कपूर यो विवाहबाट खुसी भए पनि उनका बुबा अभिनेता रणधीर कपुर यो बिहेका लागि बिल्कुलै तयार थिएनन् । तथापि विवाह भएको १० वर्षमै सञ्जयसँग डिभोर्स भएपछि करिश्मा कपूर आफ्ना दुई सन्तान समाइरा र कियानसँग खुसी भएको पनि रणधीरले बताएका छन् ।
हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा रणधीर कपूरले यो कुरा खुलासा गर्दै भनेका छन्, ‘हामीलाई सबैले राम्ररी चिन्छन् र हामी कपूर परिवार हौं तर सँजयको बजारमा एक प्रकारको बदनामी भएकाले म यो विवाहको लागि त्यत्तिबेला तयार थिईन ।’
रणधीरले सञ्जयलाई ’औयाशी’ समेत भनेका थिए । बिषयमा रणधीरले भने, ‘सञ्जय थर्ड क्लास व्यक्ति हुन् र मैले मेरी छोरी करिश्मासँग बिहे गरून् भन्ने कहिल्यै चाहेको थिईन । उसको रगत बेइज्जतीले भरिएको छ र उसले आफ्नी श्रीमतीको हितको ’boutमा कहिल्यै राम्रो सोचेन ।’
रणधीरले आफ्नो पूर्व ज्वाई सँजय’bout भने,‘ श्रीमतीलाई छोडेर उ अन्य महिलासँग बस्ने गथ्र्यो, जुनकुरा सारा दिल्ली सहरलाई थाहा थियो । उ कस्तो व्यक्ति हो भन्ने सबैलाई थाहा भएकाले यो भन्दा बढी म केही भन्न चाहन्न ।’
हुन त सँजयसँग विवाह अघि करिश्माको नीजि जिवन खासै राम्रो थिएन । त्यतिबेला जब उनको अभिषेक बच्चनसँगको इन्गेजमेन्ट टुट्यो, त्यसपछि सन् २००३ मा दिल्लीका व्यापारी सञ्जय कपूरसँग उनी निकट भईन् । अनि उनले सँजयसँग विवाह गरिन् । दुई सन्तान पनि भए । तर उनीहरुको सम्बन्ध बिगँ्रदै गयो र विवाहको १० वर्षपछि दुवैको सम्बन्धविच्छेद भयो ।
२०१६ मा करिश्मा कपुरले आफ्ना पति सञ्जय कपूरमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् । करिश्मा कपुरले सञ्जय कपूरसँग सम्बन्धविच्छेदको लागि दिएको निवेदनमा आफ्नो पतिमाथि घरेलु हिंसा र कुटपिटको आरोप लगाएकी थिइन् । यि नायिकाले हनिमुन समेत धेरै यातना सहनुपरेको खुलासा गरेकी छिन् ।
अर्कोतर्फ, जब करिश्मा कपूर गर्भवती भइन्, उनले सही अनुसारको कपडा बनाउर लगाउन सकिनन् । सासुले उनलाई कसिलो र जिउमा नमिल्ने लुगा लगाउन दवाव दिँदा आफु नमानेको र सोही प्रकरणमा पतिलाई आफुलाई सासुमार्फत कुट्न लगाएको पनि यी अभिनेत्रीको आरोप छ । यस्तै थुप्रै यतनाको आरोप पतिलाई लगाएर सम्बन्ध बिच्छेद गरेकी करिश्मा कपुर तिनै पूर्वपतिसँग भोजमा जान थालेपछि उनको परिवारले यो कुराको टिप्पणी गरेका छन् ।






