लमजुङमा लोपोन्मुख तामे सालक फेला

लमजुङ । लोपोन्मुख अवस्थामा पुगेर दुर्लभ मानिएको सालक लमजुङमा भेटिएको छ । तामे जातको सालक घाइते अवस्थामा उद्धार गरिएको सव डिभिजन वन कार्यालय धमिलीकुवामार्फत जंगलमा छाडिएको छ ।

लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ९, मोहोरियाकोट गाउँका जगत भुजेल छउमा सालक भेटिएको हो । घरपालुवा कुकुरले जंगलबाट सालक बोकर आएको उनले बताए । उनका अनुसार त्यसलाई देख्ने बित्तिकै डिभिजन वन कार्यालयमा खबर गरिएको थियो । उनले भने, ‘त्यो त नेपालमा तामे सालक लोपुन्मुख अवस्थामा रहेको सालक रहेछ, वन कार्यालयका कर्मचारीले चिने पछि थाहा भयो ।’

सव डिभिजन वन कार्यालय धमिलीकुवामा स्थानीयले बुझाएको उक्त सालकलाई धमिलिकुवाकै जंगलमा छाडिएको सव डिभिजन वन कार्यालय धमिलीकुवाका वन रक्षक ओमप्रकाश घर्तीले बताए । उनका अनुसार त्यो त तामे जातको सालक रहेछ । उनले भने, ‘कुकुरले फेला पारेको हुँदा घाइते अवस्थामा रहेछ । सामान्य औषधि गरी उद्धार गरी जंगलमा छाडियो ।’

सालक नेपाललगायत विश्वका ४३ वटा मुलुकमा पाइन्छ । मासु र खपटाका लागि यसको तस्करी हुने गर्दछ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभरी बाक्लो र कडा कत्ला हुन्छ ।

नेपालमा तामे सालक लोपुन्मुख अवस्थामा छन् डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार कुकुरले समातेर ल्याएका कारण सालक सामान्य घाइते थियो । उनले भने, ‘नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्दछ ।’ अपराह्नतिर स्थानीयले देखेका थिए । सालकलाई साँझको समय जंगलमा छाडिएको हो डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार त्यो सालक खाना खोज्दै बाहिर निस्किएको हुनसक्छ । उनले भने, ‘सालक प्रायः दिनभर सुत्ने गर्छ । खानाको लागि रातिमात्रै आफू बसेको दुलोबाट बाहिर निस्कने गर्छ । यहाँ भने दिउँसै सालक देखियो, केही आश्चर्य पनि लागेको छ,’

सालकलाई मासुका लागि मारिने गर्छ तर पछिल्लो समय यसको कत्ला र छाला (खपटा) विदेशमा चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय प्रमुख सुवेदी बताउँछन् । उनका अनुसार विश्वमा ८ जातिका सालक पाइन्छन् । तीमध्ये नेपालमा कालो (चिनियाँ) र तामे (भारतीय) हुन् । उनले भने, ‘सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, १ देखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा उल्लेख छ ।’

यसअघि लमजुङमा २०७६ सादमा राइनास नगरपालिका– ५, तीनपिप्लेमा सालक भेटिएको थियो । त्यतिबेला पनि लोपुन्मुख यही तामे जातको सालक भेटिएको हो । कालो सालक भने संकटग्रस्त अवस्थामा छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइसम्मको जंगलमा भेटिने सालकको दाँत हुँदैन । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले बढी मात्रामा धमिरा खान्छन् । कतैबाट आक्रमणको चाल पाउँदा सालक डल्लो परेर बस्छ ।

तपाइको प्रतिक्रिया
(Visited 628 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित