काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्।
पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकको सुख–दुःख विकास निर्माणमा गाँसिँदै कानुन निर्माणमा सक्रिय हुने बताएका हुन्।
उनले राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने र सांस्कृतिक नक्सा, सीमा समस्या आउँदा कूटनीतिक नोटमार्फत सरकारले धारणा राखिहाल्नुपर्ने पनि बताए।
लामिछानेले नागरिकता पाउन योग्यहरू नागरिकताबाट वञ्चित हुन नहुनेमा पार्टी प्रस्ट रहेको बताए। तर, वैवाहिक अङ्गीकृत’bout छलफल गर्नुपर्ने उनको धारणा थियो।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)





