सर्लाही । सर्लाहीको बलरा नगरपालिमा किसानहरुलाई उन्न्त जातको बाख्रा तथा हाते ट्याक्टर वितरण भएको छ । बाख्रा तथा हाते ट्याक्टर पाएपछी किसानहरु खुसी भएका छन ।
बलरा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एकिकृत विकास समाज लालबन्दीले बाख्रा तथा हाते ट्याक्टर वितरण गरेको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत आ.ब. २०७९÷८० को कार्यक्रम, बजेट तथा कार्ययोजना अनुसार पहिलो चरणमा बलरा नगरपालिकामा बाख्रा तथा हाते ट्याक्टर वितरण गरिएको नेपाल एकिकृत विकास समाजले जनाएको छ ।
साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम परियोजना अन्र्तगत गठन भएको समुह सदस्यहरुलाई कृषीमा नयाँ प्रविधि उपयोग गरी सहजरुपमा कार्य संचालन गर्न ५ थान हाते ट्याक्टर प्रदान गरिएको छ । यसैगरी नश्ल सुधार गरी बाख्रापालन व्यवसायिक रुपमा अगाडी बढाउनको लागी ११ वटै वडाका समुहलाई ५ वटाको दरले ५५ वटा उन्नत जातको बाख्रा प्रदान समेत गरिएको नेपाल एकिकृत विकास समाजले जनाएको छ ।
परियोजनाले बलरा नगरपालिकामा आधुनिक तथा व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न २५ वटा मुल समुह निमार्ण गरी प्रत्येक समुहमा २५ देखि ३० जना महिला सदस्यहरु रहेको छ । बाख्रा तथा हाते ट्याक्टर वितरण कार्यक्रममा बलरा नगरपालिका वडा नं. ९ नं. का वडा अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, वडा नं. १० का वडा अध्यक्ष दिनेश प्रसाद कुशवाहा तथा नगरपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।