चीनबाट आयात गरिएका मास्क गुणस्तरीय नभएकै हो त ? यस्तो छ आरोप


एम्स्टर्डम । नेदरल्यान्डस् सरकारले चीनबाट आयात गरिएको ६ लाख मास्क फिर्ता गर्ने भएको छ । करिब १३ लाख खरिद गरिएको कन्सेन्मेन्टको आधा जति गुणस्तीय मापदण्ड अनुसार नभएको डच मिडियाहरुले बताएका छन् । कतिपय गुणस्तर नपुगेका मास्कहरु नेदरल्यान्ड्समा कोरोना भाइरसको उपचार भइरहेको अस्पतालहरुमा पठाइसकिएको बताइएको छ । अस्पताल नपठाइएको मास्कलाई वितरण गर्न रोक लगाइएको बताइएको छ ।

नेरदल्यान्ड्सले चिनिया उत्पादकबाट २१ मार्चमा ती मास्क प्राप्त गरेको थियो । ती मास्क एफइपी२ ग्रेडका रहेका थिए । त्यो मास्कले हावामा ठोस र तरल पदार्थलाई ९४ प्रतिशत फिल्टर गर्न प्रयोग गरिन्छ । ती मास्कले मापदण्डअनुसार फिल्टर नगरेको बताइएको छ । जसका कारण नोबेल कोरोना भाइरस नाक र मुखबाट छिर्न सक्ने सम्भावना रहन्छ । नेदरल्यान्डमा १८ सय कोरोना भाइरसका संक्रमित रहेका छन् ।

६ सय बढीको मृत्यु भएको छ । फक्स न्युजका अनुसार स्पेनले ९हजार क्युक रिजल्ट टेस्ट किट चीन फिर्ता गर्ने तयारीगरेको छ । चीनबाट कोरोना भाइरस संक्रमित देशहरुले चीनबाट मात्र ४६७ मिलियन डलर बराबरको मेडिकल सामाग्री खरिद गरेको ती मिडियाहरुले बताएका छन् । एक रिपोटका अनुसार चेक रिपब्लिकमा गएको ८० प्रतिशत टेस्टिङ्ग किट गुणस्तरीय मापदण्ड अनुसार नभएको एजेन्सीहरुले रिपोर्ट गरेका छन् ।

नेपाल, भारतलगायतका देशमा पनि अलिबाबा फाउन्डेन्सले भारतको रेडक्रस सोसाइटीलाई किड उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने