आलितालमा खोलाको धार परिवर्तन गरी बस्ती जोगाउने प्रयास

वस्ती जोगाउन सुनखोलामा पानीको धार परिवर्तन गर्दै एग्जाभेटर । तस्बिरः भक्त गाहामगर

डडेल्धुरा । बाढीले वस्ति जोखिममा परेपछि भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकामा खोलामा पानीको धार परिवर्तन गरि वस्ति जोगाउने प्रयास थालिएको छ । चुरे क्षेत्रको आलिताल गाउँपालिका–८ लगायतका क्षेत्रमा सुनखोलाको बाढीले वस्ति जोखिममा परेका छन । खोलामा जोडरको प्रयोग गरि वस्ति तर्फ ढुङ्गा, माटोको ड्याम लगाई पानीको धारपरिवर्तन गरिन थालिएको छ ।

सुनखोलामा एग्जाभेटरको प्रयोग गरेर पानीको धार परिवर्तन गरि वस्ति तर्फ आउनबाट जोगाईदै छ । सुनखोलाको बाढीले घुम्ति बजार लगाएत धान रोपिएको खेतमा क्षती पुगाउन थालेपछि पानीको धार परिवर्तन गरिन लागेको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए ।

बर्षातका कारण खोलामा पानीको बहाव बढे संगै बस्ती र खेतबारी जोखिममा परेका छन । साउन २४ गते देखि भईरहेको अबिरल बर्षाका कारण आलितालका बिभिन्न क्षेत्रमा बाढी र पहिरोले क्षति गरेको छ । निरन्तर बर्षाका कारण सुनखोला छेउमै तटिय क्षेत्रमा एक करोड भन्दा बढी लागतमा निर्माण भईरहेको खेल मैदान पनि जोखिममा परेको छ ।

सुनखोलाको बाढीका कारण घुन्ति बजारका स्थानीयहरुले बर्षेनी कटान र डुवानको समस्या झेल्दै आईरहेका छन । बर्खामा बाढी आउन थालेपछि यहाँका स्थानीयहरु आरामले निदाउन सक्दैनन् । बिगतमा आएको बाढीले धेरै पटक स्थान्ीयको उठीबास लगाईसकेको छ । हिउँदमा पानीको थोपो समेत नभेटिने सुनखोलामा बर्खामा पानी पर्न थालेपछि उर्लिएर आउँछ । चुरेको कोमल भू भागलाई बाढीले कटान गदै बगरमा परिणत बनाउने गरेको स्थानीय भक्त बहादुर गाहामगरले बताए ।

सुनखोलाको दायाँ बायाँ किनारमा स्थानीयले आकाशे पानीको भरमा रोपाई गर्दै आईरहेका छन । तर, बर्षातमा खोलाले सिंचाई कुलो समेत बगाउदा किसान मारमा पर्ने गरेको उनले बताए । बर्खामा उर्लेर आउने सुनखोलालाई वस्तिमा पस्न नदिन वैकल्पिक कुलो बनाएर पश्चिमतर्फ रहेको रंगुनखोलामा झार्ने प्रयास अहिले अगाडि बढाईएको छ ।

खोलाले वस्तिमा पुगाउने क्षती कम गर्न डोजरको प्रयोगले खोलालाई पुरनो आफ्नै स्थानमा बग्न बाटो बनाईदै छ । बर्षातमा मात्र आउने खहरे जस्तै यो खोलाले मानविय तथा भौतिक क्षति गर्दै आईरहेको छ । केहि बर्ष अगाडी मात्र गोदाम–बाहिरीसैन जोड्ने पुल नबन्दा बर्षेनी मानिसको ज्यान समेत लिने गरेको थियो ।

गोदाम बजारको माथि पट्टिबाट सुनखोलाले कटान सुरु गरे पछि जोखिम बढेको छ । खोलामा तटबन्द नहुदा जोखिम बढेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि आलिताल गाउंपालिकाले सुनखोलामा तटबन्ध गर्न टेन्डर गरेर ठेकेदारलाई काम समेत सुम्पिसकेको छ । काठमाडौंको एमएसडीपी ज्वयन्ट भेल्चर कम्पनीले दुई करोड ९० लाख १४ हजार ७७७ रकममा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ । तर, काम कहिले देखि सुरु हुन्छ भन्ने ’boutमा कुनै जानकारी पाउन सकिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?