कैलालीमा बहुविवाह गर्ने बढे

धनगढी । कैलालीमा बहुविवाह गर्ने बढेका छन् । घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो । बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ । साथै विवाहको प्रकृति, बहुविवाह, पुनःविवाह, पारपाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ। जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०७४–७५ मा १३, आर्थिक वर्ष २०७५–७६ मा २१, र आर्थिक वर्ष २०७५–७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ । त्यस्तै आर्थिक वर्ष २०७७–७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए ।

बहुविवाहका आर्थिक वर्ष २०७९–८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४१ मुद्दाको फैसला भइसकेको छ भने २६ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।

जिल्लाभित्र बहुविवाहसँगै बालविवाह हुने क्रम पनि रोकिएको छैन् । सो अवधिसम्म बालविवाहका तीन मुद्दा अदालतमा परेकोमा सबै मुद्दाको फैसला भइसकेको छ । कतिपयले छोरा पाउने आसमा दोस्रो विवाह गर्ने गरेका घटना समेत बाहिर आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु