काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ । सहमति पत्र सार्वजनिक गरिने भएकाे छ ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आजै दिउँसाे ३ बजेका लागि संसद बैठक बोलाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)






