आजपाद्वारा नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । आमजनता पार्टी (आजपा)ले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा महासचिव उपेन्द्र साहले विभिन्न प्रदेशमा नेताको जिम्मेवारी बाँडफाँटका साथै पार्टीले आयोजना गर्ने संघर्षका कार्यक्रम’bout नेतालाई जिम्मेवारी तोकिएको बताए ।

कोशी प्रदेशमा रामपृत राम इन्चार्ज र हरिप्रसाद पोखरेललाई सहइन्चार्ज जुरीलाल मोचीलाई अध्यक्ष र बिनु किरातीलाई सचिवको जिम्मेवारी तोकिएको छ । मधेस प्रदेशमा सुधिर यादव इन्चार्ज, श्रीचन मुखिया सहइन्चार्ज, उमेश कुशवाहा अध्यक्ष र ममता शर्मालाई सचिवको जिम्मेवारी तोकिएको महासचिव साहले जनाएका छन् ।

बाग्मती प्रदेशमा अरुण घिसिङ इन्चार्ज, ज्ञानेन्द्रकुमार तामाङ सहइन्चार्ज, रमेश थपलिया अध्यक्ष र मीनबहादुर खत्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा तिलक थापामगर इन्चार्ज, भोजराज त्रिपाठी अध्यक्ष र हरि थापालाई सचिवको जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी प्रदेशमा बद्री न्यौपानेलाई इन्चार्ज, परमानन्द बर्मालाई सहइन्चार्ज, विक्रम चौधरीलाई अध्यक्ष र आशा सञ्जेललाई सचिवको जिम्मेवारी तोकिएको छ । कर्णाली प्रदेशमा तिलक थापालाई इन्चार्ज, हरि बोहरालाई अध्यक्ष र सुदूरपश्चिम प्रदेशमा बद्री न्यौपानेलाई इन्चार्ज जागेश्वर बुढा क्षत्रीलाई संयोजकको जिम्मेवारी तोकिएको आजपा महासचिव साहले बताए ।

यसैगरी, किसान मोर्चाको संयोजकमा मनोजकुमार यादव राजन, आमसहकारी मोर्चाको संयोजकमा अंजित कुशवाहा, आमविद्यार्थी मोर्चाको इन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह, आमदलित मोर्चाको इन्चार्जमा रामपृत राम, सहइन्चार्जमा चन्देश्वर वैठा र रामनाथ माझी तथा ठगा दासलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

आममहिला मोर्चाको इन्चार्जमा समिना हुसैन, सहइन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा कुमारी बबिता, आम शहिद बेपता परिवार इन्चार्जमा कान्तिदेवी महतो संयोजकमा वालकृष्ण सापकोटा, आमबुद्धिजीवी मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा नवीन महतो, आमशिक्षक संगठनको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र संयोजकमा सञ्जय साहलाई जिम्मेवारी तोकिएको छ ।

आममजदुर महासंघको इन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा धनकुमारी माझी, आम मुस्लिम मोर्चाको इन्चार्जमा इस्लाम हवारी र संयोजकमा लालबाबु मन्सुरी रहेका छन् । आम जनजाति महासंघको इन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा पासाङ तामाङ, आम मधेसी मोर्चाको संयोजकमा त्रिभुवन साह अमर, आमथारू मोर्चाको संयोजकमा सरोज चौधरी, आमसम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव, सहइन्चार्जमा किशोरी साह र संयोजकमा श्रीनारायण साह र आमसांस्कृतिक महासंघको इन्चार्जमा विजय यादव निर्विज, सहइन्चार्जमा रचना सिवाकोटी र अध्यक्षमा सरिता साहलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादीकी नेत्री एवं निवर्तमान सांसद समिना हुसैन आजपामा प्रवेश गरेकी र ज्ञानेन्द्रकुमार तामाङलाई पार्टीको सचिवको जिम्मेवारी तोकिएको छ ।

आजपाले ‘जनसंघर्षको उठान गरौं, आमविद्रोहको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ एक कमिटी एक संघर्षको नीतिअनुरूप जनसंघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । त्यसका लागि विभिन्न कमिटीलाई समन्वय एवं नेतालाई कमान्डर तोकिएको आजपा महासचिव साहले जनाएका छन् ।

आजपा निर्णयअनुसार वैदेशिक रोजगारका पीडितको पक्षमा काठमाडौं उपत्यकामा आइटी आर्मीले संघर्षको कार्यक्रम गर्ने र त्यसको कमान्डर बद्री न्यौपानेलाई तोकिएको छ । पर्सा र सर्लाहीमा बैकिङ कर्जासम्बन्धी संघर्षका कार्यक्रम हुने र त्यसको अगुवाई आमसहकारी मोर्चाले गर्नेछ । यसका लागि कुन्दन कुश्वाहालाई कमान्डर तोकिएको छ ।

बारा र पर्सामा मदरसा शिक्षा ऐन तथा बोर्ड गठनका लागि संघर्षका कार्यक्रम हुनेछ । आममुस्लिम मोर्चाको अगुवाइमा हुने यस कार्यक्रमका लागि पार्टीबाट इस्लाम हवारीलाई कमान्डर तोकिएको छ । गरिब दलित आवासका लागि धनुषा, सिरहा र सप्तरीमा हुने संघर्षका कार्यक्रमको अगुवाइ आमदलित मोर्चाले गर्ने र कमान्डरमा रामपृत रामलाई तोकिएको छ ।

यसैगरी देशैभरि महिनाका मुद्दा’bout संघर्षका कार्यक्रम हुने र यसको अगुवाइ महिला मोर्चाले गर्ने र कमान्डरमा रिता साहलाई तोकिएको छ । कोशी र बाग्मती प्रदेशमा पहिचान र मजदुरको पक्षमा हुने संघर्षका कार्यक्रम आमजनजाति महासंघले गर्ने र कमान्डरका रूपमा तिलक थापामगरलाई चयन गरिएको छ ।

रौतहटमा गौर हत्याकाण्ड’bout शहीद तथा बेपता परिवारले गर्ने संघर्षका कार्यक्रमका लागि कमान्डमा त्रिभुवन साह अमरलाई चयन गरिएको छ । रौतहट, बारा र महोत्तरीमा किसानको पक्षमा हुने संघर्षका कार्यक्रमका लागि आमकिसान मोर्चाले अगुवाइ गर्ने र उपेन्द्र साहलाई कमान्डर तोकिएको छ । बेरोजगारलाई भत्ता वितरणका लागि आमविद्यार्थी मोर्चाले संघर्षका कार्यक्रम देशैभरि गर्ने र त्यसका लागि सियाराम कुशवाहालाई कमान्डर तोकिएको छ ।

११ र १२ भदौमा आजपाको काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष प्रभु साहले पेस गरेको ‘भगौडा दलाल सत्ताको भण्डाफोर गरौं, जनसंघर्षको बाटोमा अघि बढौं’ भन्ने मूल नारासहितको राजनीतिक प्रतिवेदन छलफल एवं परिमार्जनसहित पारित भएको छ ।

पार्टी निकट आमसम्पर्क मञ्चको भेला २३ भदौमा काठमाडौंमा गर्ने, कोशी प्रदेश बैठक एवं भेला २५ भदौमा विराटनगरमा, गण्डकी प्रदेशको ३० भदौमा पोखरामा लुम्बिनी प्रदेशको ३१ भदौमा भैरहवामा गर्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

सपना अधुरै, मनकुमार बाकसमा फर्किंदै