नेपाली र हिन्दीमा दीपकको ‘तिम्रा माताजीलाई नमस्ते’

काठमाडौं । संगीतकार दीपक शर्माको संगीतमा रहेको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’मा दुई भारतीय कलाकारले स्वर दिएका छन् । यस गीतलाई अब हिन्दी भाषामा तयार गरिँदै छ । यस गीतलाई बलिउड गायक नकास अजिज र बलिउड गायिका भूमि त्रिबेदीले गाएका छन् । यी दुवै कलाकार अहिले बलिउडका चर्चित गायक–गायिका हुन् ।

यस गीतलाई सरोज ओलीले लेखेका हुन् । यस गीतको रेडर्क मुम्बईमा गरिएको संगीतकार दीपक शर्माले जानकारी गराए । गीतमा बलिउडका व्यस्त संगीत संयोजक सौरभ लोखन्डेले एरेन्ज गरेका छन् । बम्बैस्थित स्टुडियो कैलाशामा रेकर्डिङ भएको गीत महँगो बजेटमा तयार भएको पनि दीपकले बताएका छन् ।

गीत’bout संगीतकार दीपकले भने, ‘म यताको व्यस्तताका कारण बम्बै जान सकिनँ, मैले जुम लाइभमा बसेर उहाहरूलाई नेपालबाटै यो गीत सिकाएर रेकर्डिङ सम्पन्न गराएको छु ।’ यस गीतको भिडियो चाँडै रिलिज हुने पनि दीपकले बताए । यस गीतको भिडियोमा गीतकार सरोज ओली र प्रियंका कार्कीको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश