रेसुंगा विमानस्थल : जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु

गुल्मी । गुल्मीबाट काठमाडौं जानका लागि गुल्मीको मालिका गाउँपालिका–५ छापका सन्तोष महतराले बिहीबार साँझ नेपाल एयरलाइन्सको टिकट लिए । जहाजमा चढ्नका लागि बिहान ६ः३० मा रेसुंगा विमानस्थल पुगेका महतरा जहाज आइपुग्ने समयभन्दा १ घण्टा बढी समयसम्म जहाजकै पर्खाइमा विमानस्थलमा बसे ।

तर, विमानस्थल कर्मचारीले मौसमको कारण देखाउँदै जहाज नआउने जानकारी गराएपछि निराश हुँदै तम्घास फर्किए । महतराले रेसुंगा विमानस्थलले नागरिक झुक्याउने काम गरेको बताए ।

शुक्रबार नै जहाजमार्फत काठमाडौं जाने सपना गुल्मी मुसिकोटका जनार्दन घिमिरेको पनि पुरा भएन । शुक्रबार बिहानै विमानस्गल पुगेका घिमिरे जहाज नआएपछि अन्ततः सदरमुकाम तम्घास फर्किए ।

‘आज मौसम सफा हुँदा पनि जहाज आएन, १४ जना यात्रुहरू अलपत्र पर्नुप¥यो,’ पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्षसमेत रहेका घिमिरेले भने, ‘यो नेपाल एयरलाइन्सको लापर्बाही हो ।’

शुक्रबार बिरामी आमा लिएर काठमाडौं जान हिँडेका सुरज कुँवर २ घण्टा उडानको प्रतीक्षापछि गाडीमार्फत काठमाडौं हिँडे । उनले मौसममा खराबी नहुँदा पनि उडान नहुनु दुःखद् भएको बताए । विमानस्थल पुग्नेहरू धेरैजसो बिरामी लिएर पुगेका थिए । ती सबै निराश भएर गाडीको यात्रामा गन्तव्यतर्फ लागेका थिए ।

छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत काठमाडौं जान रेसुंगा विमानस्थल पुगेका थिए । नागरिकको दुःखप्रति सम्बन्धित निकाय गैरजिम्मेवार बनेको विमानस्थल पुगेका अर्का यात्रु वेदप्रसाद कुँवरले बताए । पटकपटक मौसमको खराबी देखाउँदै उडान नगर्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको कुँवरले बताए ।

रेसुंगा विमानस्थलमा यो शुक्रबार मात्रै जहाज नआएको होइन, अघिल्लो शुक्रबार पनि एयरलाइन्सले टिकट बेचेर सेवा दिएन । एयरलाइन्सले जहिले पनि मौसम खराबीको कारण देखाउँदै उडानमा आलटाल गरिरहेको छ । नेपाल एयलाइन्सले भने पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबारको निर्धारित काठमाडौं–रेसुंगा उडान रद्द गरेको जनाएको छ । उडानका लागि गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नियमका कारण शुक्रबार रेसुंगाको उडान बन्द गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

रेसुंगा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रूपमा पोखरा वा भैरहवा तोकिएको छ । तर, सो स्थानमा मौसम खराब भएकाले शुक्रबारको उडान रद्द गरिएको रेसुंगा विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले जानकारी दिइन् ।

रेसुंगा विमानस्थलमा तीन महिनादेखि उडान बन्द छ । शुक्रबारका लागि उडान हुने भनिए पनि अल्टरनेट विमानस्थलको मौसम खराब देखाउँदै उडान हुन नसक्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् । शुक्रबार गुल्मीबाट काठमाडौं जान १३ र काठमाडौंबाट गुल्मी आउन आठ जनाले टिकट लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप