सुदूरपश्चिमका तीन संसदीय दलका नेताले गरे गाडी फिर्ता

धनगढी । ऐनविपरीत प्रयोग भइरहेका सरकारी गाडी सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले फिर्ता गरेका छन् । प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारी गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन दिएपछि तीनवटै गाडी फिर्ता आएका हुन् ।

सत्ता पक्षबाट संसदीय दलको नेताको हैसियतले माओवादी केन्द्रका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४३४, एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले से१झ २७६ र नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरीले से१झ ३०९ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता चौधरीले प्रयोग गर्दै आएको गाडी केही दिनपहिला फिर्ता गरेका हुन् भने भट्ट र सोडारीले ढिलो गरी फिर्ता गरेका छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनको पहिलो संशोधन २०७९ को दफा ६ को उपदफा १ ले सत्तारूढ दलका नेतालाई गाडी सुविधा हुने व्यवस्था गरेको थियो । तर, अनुसूची १ बमोजिम सुविधा उपलब्ध गराउनुपर्ने भनिए पनि अनुसूचीमा सो व्यवस्था राखिएको थिएन । सोही कारण प्रदेशको सार्वजनिक लेखा समितिले कानुनविपरीत प्रयोग गरिरहेका सरकारी गाडी फिर्ता गर्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार