घटनास्थलबाट घरदैलोसम्म पुग्दै प्रहरी

बझाङमा पछिल्लो समय प्रहरीको उपस्थितिको शैली फेरिएको छ । कुनै घटना भएपछि मात्रै घटनास्थलमा पुग्ने परम्परागत भूमिका बाट बाहिर निस्कँदै प्रहरी अहिले स्थानिय नागरिकका घरआँगन, विद्यालय, सडक, बजारदेखि जोखिमयुक्त बस्ती र सार्वजनिक स्थलसम्म पुग्न थालेको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षासँगै सामाजिक विकृति न्यूनीकरण, नागरिक सचेतना, सडक सुरक्षादेखि विपद् व्यवस्थापन सम्म बझाङमा प्रहरीको सक्रियता बढेको स्थानिय बासिन्दालmे बताएका छन् ।

जिल्लामा पछिल्लो समय लागूऔषध, बालविवाह, घरेलु हिंसा, साइबर अपराध, सामाजिक कुरीति तथा विभिन्न किसिमका हिंसाका चुनौती बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नो कार्यशैलीलाई समुदायमुखी बनाउँदै लगेको प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शैनाले बताए । प्रहरीका गतिविधि केवल अपराधी पक्राउ र अनुसन्धानमा सीमित नराखी सम्भावित अपराध तथा जोखिम न्यूनीकरण तर्फ केन्द्रित हुन जरुरी ठान्दै प्रहरीको सकृयतान बढाएको बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरु मार्फत जिल्लाका विभिन्न सरकारी तथा निजी विद्यालयहरुमा पुगेर विद्यार्थी तथा अभिभावकलाई लागूऔषध दुव्र्यसन, बालविवाह, घरेलु हिंसा, साइबर अपराध, ट्राफिक नियम तथा सामाजिक कुरीतिका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्य संचालन गर्दै आएको तिमिल्शैनाले जानकारी दिनु भयो । समुदायमा विद्यमान हानिकारक चालचलन र विभिन्न कुरीति कुसंस्कारविरुद्ध पनि प्रहरी आफैं नागरिकको बीचमा पुगेर संवाद गर्न सुरु गरेको स्थानीय बास्निदाले बताएका छन् ।

अपराध हुनुअघि नै रोक्ने प्रयासमा प्रहरी
प्रहरीको सक्रियताको एउटा महत्वपूर्ण पाटो अपराध भएपछि कारबाही गर्नु मात्र नभई अपराध हुनुअघि नै सम्भावित जोखिम पहिचान गरी त्यसलाई रोक्ने प्रयास गर्नु हो ।

बझाङमा लागूऔषधसम्बन्धी घटनाहरू बढ्न थालेपछि प्रहरीले विद्यालय, समुदाय तथा अभिभावक तहमा सचेतना अभियान सञ्चालन गरिरहेको छ । विशेषगरी किशोरकिशोरी लागूऔषधको जोखिममा पर्न सक्ने भएकाले विद्यालय र ग्रामिण तहमा प्रहरीको उपस्थिति बढाइएको हो ।

प्रहरीले नागरिकलाई कानुनी प्रावधान’bout जानकारी गराउनेदेखि गाँजा खेती फँडानी सम्मका अभियान सञ्चालन गरिरहेको छ । यस्ता अभियानमा स्थानीय नागरिक, जनप्रतिनिधि तथा समुदायका अगुवाको सहयोग लिने गरिएको प्रहरीको भनाइ छ ।

नागरिक समाजका अगुवा दीर्घराज उपाध्याय प्रहरीको यो सक्रियतालाई सकारात्मक परिवर्तनका रूपमा लिन्छन् ।

“प्रहरीको सक्रियताले जिल्लामा हुने विभिन्न प्रकारका हिंसा तथा घटनामा न्यूनीकरण हुने विश्वास छ,” उपाध्याय भने,लागूऔषध नियन्त्रणमा प्रहरी मात्रै सक्रिय भएर सम्भव हुँदैन । परिवार, विद्यालय, स्थानीय तह र नागरिक समाजको समान भूमिका आवश्यक हुन्छ । त्यसैले प्रहरीले समुदायसँग सहकार्य गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको उनको बुझाइ छ ।

सडकको खाल्डोदेखि सार्वजनिक सुरक्षासम्म
प्रहरीको पछिल्लो सक्रियता अपराध नियन्त्रणमा मात्र सीमित छैन । जिल्लाका विभिन्न सडकमा देखिने खाल्डाखुल्डी तथा सडकमा जम्मा हुने पानीले दुर्घटनाको जोखिम बढाएपछि प्रहरी आफैं त्यस्ता स्थानमा पुगेर खाल्डा पुर्ने र पानी हटाउने काममा समेत जुटेको देखिन्छ ।

सामान्यतया सडकको खाल्डो पुर्नु वा सडक व्यवस्थापन गर्नु सम्बन्धित निकायको जिम्मेवारी भए पनि नागरिकको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्रहरीले तत्काल जोखिम न्यूनीकरणका लागि अग्रसरता देखाएको हो ।

यसले प्रहरीको भूमिकालाई परम्परागत सुरक्षा निकायको सीमाभन्दा केही फराकिलो बनाएको छ । नागरिकको दैनिकीसँग जोडिएका साना देखिने तर दुर्घटना र जोखिम निम्त्याउन सक्ने विषयमा पनि प्रहरीको ध्यान पुग्न थालेको छ ।

त्यस्तै, जोखिमयुक्त स्थानमा वृक्षारोपण लगायत सामाजिक गतिविधिमा समेत प्रहरीको सहभागिता देखिएको छ । यसले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप नजिक बनाउने अपेक्षा गरिएको छ ।

अवैध मदिरादेखि गाँजा खेतीसम्म
जिल्लामा अवैध मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियानमा समेत प्रहरीले सक्रियता बढाएको छ । स्थानीय तह तथा समुदायको सहयोगमा विभिन्न स्थानमा अवैध रूपमा उत्पादन तथा बिक्री हुने मदिरामाथि निगरानी बढाइएको छ ।

लागूऔषधका रूपमा प्रयोग हुने गाँजा तथा चरेसको सम्भावित कारोबार नियन्त्रणका लागि गाँजा खेती फँडानीदेखि कानुनी सचेतना सम्मका काम अघि बढाइएको छ ।

स्थानिय समाजसेवि तथा खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाका अनुसार लागूऔषध नियन्त्रणका लागि केवल बरामद र पक्राउलाई उपलब्धिका रूपमा हेर्नुभन्दा यसको उत्पादन, ओसार पसार, प्रयोग तथा त्यसबाट प्रभावित परिवारसम्म पुग्ने रणनीति आवश्यक हुन्छ । रोकायाले भने,प्रहरीले पछिल्लो समय यही दिशामा काम गर्न खोजेको देखिन्छ ।

विद्यालय बने सचेतनाको मुख्य थलो
बझाङका सामुदायिक तथा निजी विद्यालयमा प्रहरीको उपस्थिति बढ्नु सक्रियताको अर्को महत्वपूर्ण पक्ष हो ।

विद्यालयमा पुगेर ट्राफिक नियम, सवारी दुर्घटनाबाट बच्ने उपाय, साइबर अपराध, लागूऔषध, बालविवाह तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले बताए ।

उनले, प्रहरीको यस्तो गतिविधिले विद्यार्थी मात्र नभई अभिभावक र समुदायमा समेत सकारात्मक प्रभाव पारेको छ । रोकायाले भने,“प्रहरीको सक्रियता र सचेतनामूलक कार्यक्रमले आम नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन्,” पछिल्लो समय प्रहरीको मनोबलसमेत बढेको आफूले महसुस गरेको बताए रोकायाले बताए । विशेषगरी ‘जेन्जी आन्दोलन’ पछिको परिस्थितिमा प्रहरीको कार्यशैली र सक्रियतामा सकारात्मक परिवर्तन देखिएको उनको भनाइ छ ।

पीडितका लागि प्रहरी कार्यालयमै सहयोग
बझाङ प्रहरीको सक्रियताको अर्को महत्वपूर्ण पक्ष भनेको पीडित नागरिकलाई कार्यालयमै प्राथमिकता दिन थालेको विषय हो । दुर्गम बस्तिहरुबाट जिल्ला प्रहरी कार्यालयमा आउने कतिपय नागरिकलाई सामान्य निवेदन वा जाहेरीसमेत लेख्न कठिन हुने गर्छ ।

त्यसमाथि आर्थिक अवस्था कमजोर भएका पीडितका लागि कानुनी प्रक्रियामा प्रवेश गर्नु आफैंमा ठूलो चुनौती हो । यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले पीडितको कुरा सुन्ने, आवश्यक निवेदन लेखिदिने तथा उनीहरूलाई प्रक्रिया’bout जानकारी गराउने काममा समेत विषेश ध्यान दिने गरेको पाईएको छ ।

एक प्रहरी अधिकारीका अनुसार बझाङमा सामान्य निवेदन वा जाहेरी लेखिदिएबापत पनि केही व्यक्तिले पीडितसँग ठूलो रकम असुल्ने गरेको गुनासो प्रहरीसमक्ष आउने गरेको छ । सामान्य निवेदन वा जाहेरी लेखिदिए बापत न्यूनतम तीन हजार रुपैयाँदेखि माथिसम्म रकम लिने गरेको जानकारी प्रहरीले पाएको छ ।

“एक पैसा नभएका पीडित महिला तथा हिंसाबाट प्रभावित व्यक्तिले त्यस्तो रकमसमेत तिर्न नसक्दा थप पीडा खेप्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै, पीडितले भनेअनुसारको निवेदन प्रहरी आफैंले लेखिदिने गरेको प्रहरी नायब उपरिक्षक टेक बहादुर जोराले बताए” यसले प्रहरी कार्यालयलाई केवल उजुरी दर्ता गर्ने स्थानभन्दा पीडितलाई प्रक्रियामा प्रवेश गराउने सहायक केन्द्रका रूपमा विकास गर्ने प्रयास देखाउँछ ।

प्रहरी चौकीदेखि जिल्ला कार्यालयसम्म अनुगमन
जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरीको आन्तरिक व्यवस्थापनमा समेत निगरानी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर जोराले कार्यालय भित्रका विभिन्न शाखा, क्वाटर गार्ड तथा प्रहरी कर्मचारीको टर्नआउटको नियमित निरीक्षण तथा अनुगमन गर्ने गरेको बताए । मातहतका प्रहरी चौकीमा समेत छड्के अनुगमन तथा निरीक्षण गर्ने गरिएको छ ।

प्रहरी कर्मचारीको अनुशासन, कार्यसम्पादन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो अनुगमनलाई प्राथमिकता दिइएको बताए । प्रहरी कार्यालयभित्रै सेवा लिन आउने नागरिकले सहज र सम्मानजनक वातावरण पाऊन् भन्ने विषयमा समेत ध्यान दिइएको प्रहरी नायब उपरिक्षक जोराले बताए ।

विपद्को जोखिममा प्रहरीको पूर्वतयारी
भौगोलिक रूपमा बझाङ बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेको जिल्ला हो । वर्षायाममा जोखिम बढ्ने भएकाले प्रहरीको सक्रियता विपद् व्यवस्थापन तर्फ पनि केन्द्रित हुने गरेको छ । बाढी तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई समयमै सतर्क रहन आग्रह गर्ने, जोखिमयुक्त क्षेत्रको अवस्था’bout जानकारी लिने तथा आवश्यक पर्दा सुरक्षा निकायका प्रमुखहरू स्वयं प्रभावित क्षेत्रमा पुग्ने गरेका छन् ।

कतिपय अवस्थामा माइकिङ गरेर समेत नागरिकलाई सचेत गराउने गरिएको प्रहरी निरिक्षक दिपब विष्टले बताए । विपद् आइसकेपछि उद्धारमा खटिनुभन्दा जोखिम’bout पूर्वसूचना र सचेतना फैलाउनु महत्वपूर्ण हुने भएकाले प्रहरीको यस्तो सक्रियतालाई स्थानीय तहले पनि सकारात्मक रूपमा लिएको आफुले पाएको जिल्ला समन्वय समितीका उप प्रमुख कृष्ण बहादुर विष्टले बताए ।

समुदायसँग जोडिँदै प्रहरी
बझाङमा प्रहरीको पछिल्लो गतिविधि हेर्दा सुरक्षा निकायको भूमिका विस्तार हुँदै गएको देखिन्छ । लागूऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, हिंसा न्यूनीकरण, बालविवाहविरुद्ध सचेतना, साइबर अपराधबाट जोगिने उपाय, ट्राफिक नियमको जानकारी, विपद् जोखिम न्यूनीकरण र पीडितलाई सहयोगसम्म प्रहरीले आफ्नो कार्यक्षेत्र लाई फराकिलो गर्दै लिएकोे छ ।

जिल्लाका विभिन्न स्थानिय तहहरुमा पुगेरै जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले समुदायसँग प्रत्यक्ष संवाद गर्ने कार्यलाई समेत बढाएका छन् । प्रहरी केवल अपराधी खोज्ने निकाय होइन, नागरिकको सुरक्षाका साथै समाजमा हुने सम्भावित जोखिम पहिचान गरी समाधानमा सहजीकरण गर्ने संस्थाका रुपमा नागरीकले बुझ्न थालेका छन् ।

यद्यपि प्रहरीको सक्रियता दिगो बनाउन नियमितता, पर्याप्त स्रोतसाधन, जनशक्ति र स्थानीय तह तथा समुदायसँगको निरन्तर सहकार्य आवश्यक छ । एकाध अभियानभन्दा पनि विद्यालय, समुदाय, परिवार र स्थानीय सरकारसँगको दीर्घकालीन सहकार्यले मात्रै लागूऔषध, बालविवाह, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक कुरीति जस्ता समस्या नियन्त्रण गर्न सक्ने विज्ञहरूको बुझाइ छ ।

बझाङमा पछिल्लो समय देखिएको प्रहरीको सक्रियताले भने नागरिक र प्रहरीबीचको दूरी घटाउने संकेत गरेको छ । प्रहरी नागरिकको घरदैलो, विद्यालय, सडक र जोखिमयुक्त बस्तीमा पुग्दा सुरक्षा केवल बन्दुक र वर्दीको विषय रहँदैन; त्यो नागरिकको दैनिक जीवनसँग जोडिएको अनुभूति बन्न पुग्छ ।

अपराध भएपछि घटनास्थल पुग्ने प्रहरीभन्दा अपराध हुनुअघि नै नागरिकको बीचमा पुग्ने प्रहरी नै आधुनिक प्रहरी सेवाको पहिचान हो । बझाङमा पछिल्लो समय देखिएको सक्रियता यही बदलिँदो प्रहरी भूमिकाको एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

घटनास्थलबाट घरदैलोसम्म पुग्दै प्रहरी