बालिकाकी आमासहित चार जनालाई कारागार पठाउन आदेश

राजविराज । प्रेम प्रसंगको विषयलाई लिएर एक युवाको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

अजिमुद्धिन हत्या प्रकरण

कारागार चलान हुनेहरूमा सप्तरीको खडक नगरपालिका–११ बनौलीकी ३० वर्षीया विणादेवी यादव, ३४ वर्षीय रामप्रकाश यादव, ३६ वर्षीय डम्बरनारायण साह र ४० वर्षीय छोटे लाल भन्ने धर्मदेव साह छन् ।

न्यायाधीश हरिशचन्द्र इंगनामको इजलाशले उनीहरूविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । घटना विवरण अनुसार मेला हेर्न भनी गत भदौ २१ गते घरबाट निस्केका सोही वडा निवासी १८ वर्षीय अजिमुद्धिन बेपत्ता थिए ।

परिवार तथा प्रहरीले खोजी कार्य तीव्र बनाएका बेला बेपत्ता भएको २१ दिनपछि १२ असोजमा हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय रामप्रसाद यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।

अनुसन्धानका क्रममा एक बालिकासँग भएको प्रेम सम्बन्धकै कारण अजिमुद्धिनको हत्या भएको तथा सो घटनामा ती चार जनाको संलग्नता रहेको खुलासा भएको थियो । कारागार चलान हुनेमध्ये एक जना मृतकको प्रेस सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाइ छ ।

स्थानीय हिरा फेकनी माध्यमिक विद्यालय बनौलीबाट यसै वर्ष एसईई परीक्षा दिएका अजिमुद्धिनको सोही विद्यालयमा कक्षा ८ मा पढ्ने एक बालिकासँग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन