चियाबारीभित्र चेस प्रतियोगिता

इलाम । सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारी हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल सङ्घ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ ।

इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकको रूपमा स्व.सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बताएका छन् ।

कति प्रायोजन गर्ने भन्ने पारिवारिक छलफल हुन बाँकी नै रहेको भन्दै प्रतियोगिता खेलाउनका लागि अधिकार िपरिवारलेनै चासो देखाएका कारण प्रतियोगिता इलाममा आयोजना भएको अध्यक्ष राईले बताए । महिला, खुल्ला, अण्डर १५, भेट्रान, इलाम च्याम्पियन लगायतका च्याम्पियन छनौट गरिने छ ।

बच्चाहरुको लागि समेत छुट्टै प्रतियोगिता सञ्चालन हुने छ । बाहिरबाट आएका खेलाडीलाई बस्नको ब्यवस्था गरिएको छ । पुरस्कारका लागि दुईलाख २० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता छ वटा राउण्डमा सञ्चालन हुने छ । स्वीस लिग अनुसार प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

नेपाल चेस फेडेरेसन, कोशी प्रदेश चेसएसोसिएसन, जिल्ला चेस एसोसिएसन इलामको आयोजनाका प्रतियोगिता हुने भएको हो । सन्तोष अधिकारी इलाममा चेसको हस्ति भएको र नाम जोगाई राख्न पनि उनको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी