पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी

पोखरा । स्थानीय तह निर्वाचतअन्तर्गत पोखराको मतगणनामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवारले अग्रता ३ हजार पार गरेका छन् । उपमेयरमा भने एमाले अघि छ ।

शनिबार आठौं दिनसम्मको गणनामा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्यले लगातार अग्रता लिएका हुन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई पछि पार्दै एमालेकी मञ्जुदेवी गुरुङले ‘लिड’ गरेकी छन् ।

शनिबार रातिसम्म ९२ हजार ५ सय ६१ मतगणनामा मेयर उम्मेदवार आचार्यले ३७ हजार १ सय २२ मत र एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् । दुवैबीच कडा प्रतिस्पर्धा कायमै रहे पनि धनराजले मतान्तर फराकिलो बनाउँदै ३ हजार २ सय ७२ पारेका हुन् । राप्रपाका शंकर खरालले ४ हजार २ सय २८ प्राप्त गर्दा स्वतन्त्रका खड्कराज पौडेल (गनेस) ले २ हजार ४ सय ४५ मत पाए ।
उपमेयरमा एमालेकी गुरुङले ३८ हजार ५ सय ७६ र कांग्रेसकी रानाभाटले ३७ हजार ५ सय ४५ मत मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनको ४ हजार १ सय ३१ मत छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मतमा हालसम्म करिब ७५ प्रतिशत मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराका कुल ३३ वटा वडामध्ये हालसम्म १९ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा १०, ११, १५, १६, १७, १८, २९, ३० र ३१ नम्बर वडाको गणना जारी छ । पोखरा १९, २१, २२, ३२ र ३३ नम्बर वडाको गणना हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित