दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

काठमाडौं । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ बरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशि क्रमशः ५१०००(एकाउन्न हजार) रुपैयाँ र २५००० ( पचिसहजार ) रुपैयाँ रहेको छ । नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चारदशक भन्दा बढी समयदेखि दिएको योगदानका लागि बरिष्ठ पत्रकार झालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । यस अघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा .डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल,डा .विष्णुविभु घिमिरे, एस्पी कोइराला प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिंदै आएको बताए । उनका अनुसार २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ । प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले यस वर्षका पुरस्कारहरू आगामी ३० मंसिरमा विशेष समारोह आयोजना गरी विराटनगरमा प्रदान गरिने जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए