गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १९ बर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो ।

सिमलटारीबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –०४ अर्खलेमा ठोक्किएका थिए । दुर्घटनाको क्रममा मोटरसाइकल चालक विवेकको उपचारको क्रममा गुल्मी अस्पतालमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविक किशोर प्रधानले जानकारी दिए ।

विवेक बिहान विद्यालयबाट आफ्नो घर रेसुङ्गा नगरपालिका –०४ सेउघा जाँदै थिए । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिहान ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । विवेकले घुम्तीमा मोटरसाइकल ओभरट्याग गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीको मृत्यु भएपछि महेन्द्र माविले सोमबारको दिवा कक्षामा शोक बिदा दिएको छ । त्यस्तै मंगलबारको बिहानी कक्षामा मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली दिएर शोक बिदा दिइनेछ । मंगलबार दिवा कक्षाबाट विद्यालयमा नियमित कक्षा संचालन हुने विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित