‘स्वास्थ्यको लागि खेल अति आवश्यक’

दैलेख । दैलेखमा दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सूरु भएको छ । प्रतिनिधि सभा सदस्य शूर्य कुमारी श्रेष्ठले पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको विधिवत उद्घाटन गर्दैे यस प्रतियोगिताले बिद्यार्थीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने बताइन् ।

खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले जानकारी दिइन्। खेललाई सबैले प्रोत्साहन गर्नुपर्ने बताइन् । नगर भित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएकोमा पछिल्लो समय खेलकुदमा स्थानिय तहले राम्रो काम गरेको उनले बताइन् ।

रेडक्रस माध्यमिक विद्यालयको खेलमैदान भूर्तिमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिका भरीका ८ ओटा विद्यालयको सहभागिता रहने प्रधानाध्यापक पदम बहादुर थापालले बताए । रेडक्रस माध्यमिक विद्यालयको आयोजना र नारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा प्रतियोगिता सञ्चालन हुन गइरहेको उनले बताए ।

यस्तै नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ताकुमारी थापाले स्थानीयले तहले खेलकुदमा महत्त्वपूर्ण भूमिका निभाएको बताइन् ।यो कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनले जानकारी दिइन् ।खेलकुदमा विकास गर्न सबै लाग्नुपर्ने उनले भनिन् ।खेल निष्पक्ष रुपमा संञ्चालन गर्नुपर्ने बताइन्।उनले स्थानीय तहले खेल क्षेत्रको विकासकालागि सक्दो सहयोग गर्ने बताइन् । यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने उनले बताइन् ।उनले खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुने बिश्वास व्यक्त गरिन्।

प्रतियोगीतामा छात्र छात्रा भलिबल, एथलेटिक, ट्याक, रनिन दौड, लङ जम्प लगायतको खेल हुने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख पुर्ण प्रसाद आश्र्चयले बताए, कक्षा ८ देखि १२ सम्मका बिदार्थी राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सहभागी छन । प्रतियोगितामा बिजेतालाई शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३