कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पोखरा । सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई पर्वत प्रहरीले बुधबार दिउँसो उनकै कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालतबाट पक्राउका लागि उनलाई यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेकोमा उनी फरार थिए ।

मित्रमिलन आर्थिक अपचलनमा संलग्नसँग ३२ करोड बिगो असुली तयारी

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसालले पराजुलीलाई कुश्मा नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको प्रस्ट पारे । पोखरामा सहकारीको रजिष्ट्रार हुँदा उनले मोटो रकम घूस लिएको आरोप छ ।

पोखराकै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र विस्तार गर्ने क्रममा यसअघि नै पक्राउ परेका प्रतिवादीहरूले पोखरामा तत्कालीन रजिष्ट्रार पराजुलीलाई करोडभन्दा बढी रकम घुस दिएको बयानका आधारमा पक्राउ पूर्जी काटिएको थियो । पक्राउ पुर्जी काटिएपछि उनी ‘लोक सेवा परीक्षा’ भन्दै बिदा बसेका थिए ।

यसैबीच, मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड बिगो असुल गर्ने तयारी भएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरिएको हो ।

सो रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरिएको छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो ।

यसअघि, सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार एवं सेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल पक्राउ परे पनि अन्यलाई प्रहरीले अझसम्म पक्राउ गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने