चलचित्रमा फर्कंदै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी पछिल्लो तीन वर्षदेखि चलचित्रबाट टाढा छिन् । तीन वर्ष अघि क्रिकेटर शरद भेसवाकरसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि उनी चलचित्रबाट टाढा भएकी हुन् ।

गत वर्ष अमेरिकामा सुत्केरी भएकी निशाले अब आफू चलचित्रमा फर्कने तयारीमा जुटेको बताएकी छन् । बुधबार बेलुका काठमाडौंमा नयाँ चलचित्र सेल्फी किङको प्रिमियर सोमा पुगेकी निशालाई फिल्ममा कहिले फर्कने भन्ने प्रश्नमा उनले चाँडै चलचित्रमा फर्कने तयारीमा रहेको बताएकी हुन् ।

चलिचत्रमा आउने ’bout उनले चलचित्र सेल्फी किङको प्रिमियर सोमा भनिन्,‘छोरा २१ महिनाको भयो । अब चाँडै नै उसलाई स्कुल पठाउने योजना छ ।’ त्यसपछि आफू चलचित्रमा फर्कने उनले बताइन्,‘तर चलचित्रमा फर्कन केही समय लाग्छ । नायिकाकै रूपमा फर्कने भएकाले केही तयारी पनि गर्नुपर्छ ।’ उनी चलचित्रमा फर्कने भनेपछि अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मालगायतले पनि उनलाई चलचित्रमा आउन शुभेच्छा दिएका छन् ।

यसरी उनी नायिकाकै रूपमा चलचित्रमा फर्कने तयारीमा छिन् । आफ्नो अहिले केही मोटाएको भए पनि आफू फिटनेसमा जोडिएर शारीरिक रूपमा फिट हुने तयारीमा उनी छिन् । नायिकाका रूपमा चलचित्रमा आउन यी अभिनेत्री फिटनेस सेन्टरमा पनि जोडिँदै छिन् । त्यसो त उनी त्यति धेरै मोटो पनि देखिएकी छैनन् । चाँडै उनले आफूलाई फिटनेसमार्फत शारीरिक रूपमा फिट राख्नेछिन् ।

यस अघि अभिनेत्री करिश्मा मानन्धरदेखि थुप्रै नायिका आमा बनिसकेपछि चलचित्रमा फर्किएका छन् । त्यसैले अभिनेत्री निशा अधिकारी पनि फिल्ममा फर्कने तयारीमा  लागेकी हुन् ।

एक दशकअघि फिल्म ‘मिसन पैसा’ बाट नायिकाका रूपमा नेपाली चलचित्रमा आएकी निशाले यो अवधिमा डेढ दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो फिल्म ‘कुम्भ करण’ हो । यो फिल्म गत वर्ष रिलिज भएको हो । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेपछि उनी चलचित्र अभिनयबाट एकाएक हराएकी हुन् । केही समय अमेरिका बसेकी उनले छोरा पनि अमेरिकामा जन्माएकी हुन् । उनी छोरासँगै उतै बस्छिन् भन्ने धेरैको अनुमान थियो । तर, उनी नेपाल फर्किइन् ।

चलचित्र अभिनयसँगै उनी फिल्म निर्माणको पनि योजनामा छिन् । चार वर्ष फिल्म चलचित्र झ्यानाकुटी निर्माण गरेकी निशा अधिकारी चलचित्रमा अभिनय र निर्माणसँगै टेलिभिजन कार्यक्रममा जोडिने  तयारीमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र