रेखाको फिटनेस मन्त्र

काठमाडौं । २०४९ सालमा रेडियो नेपालको राष्ट्रब्यापी लोक गायन प्रतियोगितामा एक जना किशोरी प्रथम भइन् । ती किशोरी थिइन रेखा शाह । धादिङकी यी गायिकाले त्यतिबेला पहिलो लोक गीत सिमसिमे पानीमा ज्यानले बैमान गर्छकी जिन्दगानीमा…गायकी थिइन् । नेपाली लोकगायनमा यो एउटा कालजायी गीत बन्यो ।

उमेरले ४३ नाघेकी यी गायिकाले शनिबार मात्र आफ्नै जन्मदिन मनाइन् । यी गायिका अहिले पनि उत्तिकै सुन्दर र फिट देखिन्छिन् । शनिबार आफ्नो जन्मदिन मनाउने क्रममा यी गायिकाले नयाँ टप्पा शैलीको नयाँगीत ’काठैको पुतली झ्याल झ्यालैमा, जिन्दगी बित्यो ख्याल ख्यालैमा’ गीत रिलिज गरिन् । यो गीतको भिडियो फागुनमा रिलिज हुनेछ । यही गीत समावेश गरेर उनले नयाँ एल्वम गीतिसंग्रह सार्वजनिक गरिन् । जसमा उनका १२ वटा नयाँ पुराना गीत समावेस छन् ।

उमेरले चालिस नाघिसकेकी यी गायिका अहिले पनि चलचित्रकी नायिका जत्तिकै सुन्दर देखिन्छिन् । उनलाई भेट्नेले गायिकाभन्दा पनि नायिकाकै रूपमा सम्बोधन गर्छन् ।

गायन क्षेत्रकी नायिका भनेर चिनिएकी रेखाले आफ्नो सुन्दरताको राज’bout भनिन्, ‘म आफ्नो स्वास्थ्यमा निकै सजक छु । बिगत डेढ दशकदेखि हरेक दिन बिहान कमल पोखरीको बानुज क्लबमा दैनिक २ घण्टा फिटनेस, स्टिममा समय बिताउँछु ।’

नृत्यमा निकै रुचि राख्ने रेखा फुर्सदमा एरोबिक शैलीमा नाच्न रुचाउँछिन् । नृत्यले पनि आफूलाई तन्दुरुस्त रहन सघाउने गरेको यी गायिकाको कथन छ ।

आफू खानाको ’bout पनि त्यत्तिकै सजक भएको उनले बताइन्,‘चिल्लो खाना, सेतो चिनी, मैदाको परिकार खान छाडेको दुई दशक हुन लाग्यो । तेलमा तारेको खाना बाहिर खाँदिन भने भान्सामा पनि ओलिभ वाइल र कर्न वाइल एक्दमै कम प्रयोग गर्छु ।’

यस्तै ब्राउन राइन, ब्राउन सुगर लिने गरेको, बेलुका ६ बजेपछि खाना नखाने गरेको र बेलुका प्रायः जापानी शैलीको सुप पिएर सुत्ने गरेको उनले बताइन् । बेलुका ६ बजे पनि भात नखाएर आँटाको रोटी र थोरै दूध कहिलेकाही लिने गरेको तर धेरै जसो समय सुप पिएर सुत्ने गरेको उनले खुलाइन् । व्यायाम नियमित गर्ने, प्रसस्त पानी पिउने जस्ता कारणले आफू ४३ पुगे पनि ३३ को देखिएको यी गायिकाले खुलासा गरिन्,‘म चिन्ता लिन्न, कम्तीमा सात÷आठ घण्टा सुत्छु र सन्तुलन मिलाएर खानेकुरा खान्छु । त्यसैले मेरो स्वास्थ राम्रो देखिएको हो ।’ उनले भनिन् । आफ्नो छालाको स्वास्थ्य र सुन्दरताका लागि पनि नियमित स्टिम लिनेदेखि विभिन्न कुरामा ध्यान दिने गरेको गायिका रेखाले जानकारी गराइन् ।

सामाजिक सेवामा समेत सक्रिय गायिका रेखाले शनिबार आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाइन् ।

उनले अनाथ बालबालिकालाई विभिन्न खाद्य सामग्रीसँगै आर्थिक सहयोग पनि गरिन् । शनिबार उनको अर्को जन्म उत्सव कार्यक्रममा अभिनेत्री श्वेता खड्का, पूर्वमिस नेपाल माल्भिका सुब्बा, गायन तथा चलचित्र क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा