मस्कको एक्स मोह !

एलन मस्क प्रविधिसँग जोडिएका एक सफल व्यवसायी हुन् । उनी विश्वका अति धनाढ्यमध्ये एक हुन् । कहिले विश्वकै पहिलो धनाढ्य हुन पुग्छन् त कहिले दोस्रो । उनी दिनरात अन्तरिक्षको परिकल्पना गरिरहन्छन् । त्यसअनुरूप सोच बनाइरहन्छन् । प्रयोग पनि गरिरहन्छन् । उनी समयानुकूलका खोजकर्ममा व्यस्त हन्छन् । व्यवसायी भए पनि उनी अन्तरिक्ष अनुसन्धानकर्तासमेत हुन पुगेका छन् ।

उनको जीवन उनको खोजझैं निकै उतार चढावपूर्ण छ । असफलता नै सफलताको जग मान्ने मस्क निरन्तर सपना देखिरहन्छन् । त्यो सपना अन्तरिक्षको हो । उनले सुतेका बेला पनि अन्तरिक्षकै सपना देख्छन् । भनिन्छ, ‘अरूले सुतेका बेला सपना देख्छन्, तर मस्कले नयाँ खोज गर्ने सपना देखे भने उनी सुत्दैनन् ।’

अहिले एलन ट्वीटरमार्फत् पनि अघि बढिरहेका छन् । सूचना शक्ति हो । व्यापार हो र विश्वका लागि खेल पनि । उनी ट्वीटरको लोगो परिवर्तन र कार्यान्वयनमा लागिरहेका छन् । यसको पृष्ठपोषण के हुन्छ, नतिजा हेर्न व्यस्त तथा अभ्यस्त भइरहेका छन् । गत वर्ष मात्र उनले मोटो रकम खर्च गरेर ‘माइक्रो ब्लगिङ साइट’ खरिद गरेका थिए ।

मानिस चरा वा परेवा उडेको लोगोमा अभ्यस्त भइसकेकाले त्यसको पहिचान र संकेतमा मानिसको चासो र लगाव मनोवैज्ञानिक रूपमा जोडिइसकेको हुन्छ । तर, मस्कलाई आफू मातहतका सबै कुरा एउटै प्याटेन्ट राइटभित्र राख्नसके सजिलो हुने भएको छ । त्यसैले पनि यसबीचको अवधिमा उनले सो प्लेटफर्ममा पटकपटक लोगो र नाम परिवर्तनको संकेत गरिरहे पनि ।

किन ‘एक्स’ अक्षर वा संकेतप्रति निकै मोह छ, एलन मस्कलाई ? यसको गहिरो अभ्यास र प्रभाव छ, उनमा । सन् १९९९ मा ‘एक्स’ नामबाट बैंक खोलेका मस्कले सन् १९९९ मा ‘एक्स डट कम’ नामबाट सो अनलाइन बैंक दर्ता गराएका थिए । उनको यो बैंक अर्को कम्पनीमा विलय भएपछि उनी ‘एक्स डट कम’को सीईओबाट हटाइएका थिए ।

मनोवैज्ञानिक लगावका कारण मस्कले हालैका दिनमा आफ्नो स्वामित्वमा ल्याएको ट्वीटरको नाम पनि ‘एक्स’ राखिसकेका छन्

मर्जरपछि ‘पेपल’ कम्पनीमा रहेको सो ‘एक्स डट कम’ पेपलबाट मस्कले सन् २०१७ मा किनेर आफ्नो स्वामित्वमा ल्याएका थिए । स्वमित्वमा आउनेबित्तिकै त्यसैमा ट्वीट गरेर मस्कले भनेका थिए, ‘एक्स डट कमको यो डोमेनसँग मेरो असीम भावनात्मक मूल्य जोडिएको छ ।’

उनको प्रसिद्ध कार कम्पनी ‘टेस्ला’मा सन् २०१५ मा लोकप्रिय एसयूभी लन्च गर्दा त्यसको नाम ‘मोडल एक्स’ राखेका थिए । ‘मोडल एक्स’ कार जमिनमा गुडाएर होइन, आकाशमा उडाएर प्रयोगमा ल्याइएको थियो । अर्को रोचक कुरा त के छ भने मस्कको अन्तरिक्ष स्टेसन ‘स्पेस एक्स’ले अन्तरिक्षमा रकेट र स्पेसक्राफ्ट पठाउने काममा निरन्तरता दिइरहेको छ ।

मस्कले आफ्ना सन्तानलाई पनि एक्स नामले बोलाउने गर्छन् । एक्सलाई प्रेम र लाभको संकेत मान्छन् उनी ! यही मनोवैज्ञानिक लगावका कारण मस्कले हालैका दिनमा आफ्नो स्वामित्वमा ल्याएको ट्वीटरको नाम पनि ‘एक्स’ राखिसकेका छन् ।

‘एक्स’ मस्कका लागि केवल पृथ्वीमा मात्र होइन, अन्तरिक्षसम्म पुगिसकेको क्रेजको विषय बनिसकेको छ । मस्कका लागि यो ‘युनिभर्सल एक्स’मा विस्तार र रूपान्तरण हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?