मुगु प्रहरीद्वारा नागरिक सुनुवाई

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको शान्ति सुरक्षा र प्रहरी कार्यालयले अन्तरक्रियामार्फत नगारिक सुनुवाई गरेको छ । प्रहरीले गरेका कामकाज, प्रगति तथा अन्य विबिध विषयहरु र नागरिकको गुनासो संकलन गर्नका निम्तिे नागरिक सुनवाई गरेको जिल्ल प्रहरी कार्यालय मुगुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुद्वारा संचालित सुरक्षित कर्णाली विशेष अभियान कार्यक्रम अन्तर्गत शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरी कार्ययोजना २०८०, सुरक्षित कर्णाली बिशेष अभियानमार्फत १८ वटा कार्यक्रमहरु लागू गरी प्रगति विवरण नागरिक समक्ष प्रस्तुत गरेको छ । जसमा गस्ती कार्यक्रमदेखि मुद्दाको विवरणसम्म मुगु प्रहरीले जानकारी नागरिकलाई दिएको छ ।

हाल जिल्ला प्रहरी कार्यालय मुगुमा मुद्दा दर्ता चालु आर्थिक बर्ष ०८०–०८१ मा २२वटा रहेको, भवितव्य ज्यानमारा सम्वन्धी ६वटा, आत्महत्या २ वटा, फर्छेयोट मुद्दा १२ रहेको र ठाडो उजुरी तथा जाहेरी ७०, फर्छेयोट ५५ र फर्छेयोट हुन वाँकी १५ रहेको जनाएको छ ।

साथै जिल्लामा कणार्ली सुरीक्षत अभियान कार्यक्रममा यात्रु मैत्री,लागु औषध विरुद्ध लालटिन अभियान, घरघरमा स्टीकर टाँस कार्यक्रम, पिडीत नागरिकलाई फोन प्रगती विरण र गुनासो व्यवस्थापन गरेका र नागरिकलाइृ निवेदन लेखन लगाएतका कार्यक्रमको जिल्ला प्रहरी कार्यालयले हालसम्म गरेका प्रगति र नागरिकले लिएका लाभको ’boutमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा ’bout र प्रहरीको औचित्यवारे छलफल भएको थियो साथै जिल्लामा अझै वालविवाहा र छाउपडी प्रथा कम नभएकोले यस्ता विषयमा नागरिक सचेत रहनु पर्ने र यस्ता कार्य गर्नेलाई सचेत गराउन प्रहरीलाई जानकारी नागरिकले गराउनु पर्ने प्रनाउ थापाले नागरिक सुनुवाई कार्यक्रममा वताए ।

नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी चौकीहरुमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ । सबै प्रहरी चौकीमा निवेदन लेख्न नसक्ने नागरिकहरुलाई निशुल्क निवेदन लेख्ने अभियान चलाईएको छ । लागुऔषध बिरुद्ध लाल्टीन अभियान अन्तरगत ३९लाल्टिन समुह गठन गरी सक्रिय रहेका छन् ।

घरघरमा स्टीकर टाँस अभियान पुष सम्म ११ हजार ५ सय ६८ वटा घरमा टाँसीएको छ भने सामुदायिक प्रहरीसाझेदारी कार्यक्रम मार्फत १सय १६ वटा कार्यक्रममा ६ हजार ३सय १० जना नागरिक लाभान्धीत भएको प्रहरी कार्यालयले जनाईएको छ ।

जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको कार्यक्रमका प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका मगुका सचिव लोकेन्द्रवहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा र प्रहरीले गर्नु पर्ने कार्य प्रती सुझाव र जिज्ञासा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३