उपल्लो मुगुका स्थानीय सोनाम लोसार मनाउँदै

मुगु । जिल्लाको उत्तरपुर्वी भेगमा पर्ने कार्मारोङ्ग गाउँपालिकमा रहेका स्थानीय मुगल, लामा तथा तामाङ्ग, कमारोङ्ग जातिहरुले मनाउँदै आएको सोनाम लोसार चाडलाई यसपटक पनि भव्यरुपमा मनाउने तयारी गरेका छन् ।
कार्मारोङ्ग गाउँपालिका जिल्लाको हिमाली क्षेत्रमा रहेको गाउँपालिकामा लामा जाति बसोवास गर्ने भएकाले १४ स्थानीय बस्तीमा यो लोसार पर्व मनाउने गर्दछन् । लोसार एक बर्षको एक पटक मात्र मनाइने चाड भएकाले आफन्त तथा इष्टमित्रसँग भेटघाट मित्रता गाँसिने चाडको उद्देश्य रहेको छ ।

यो चाडलाई खेतीपातीको रुपमा पनि मनाउने र जसरी अषाढमा लगाएको खेतीलाई कार्तिकको दोस्रो हप्तादेखि मंसिरको पहिलो हप्तामा स्यहारेर पुष महिनामा किसानहरुले खानपिनको रुपमा लिने र एक महिनापछि आउने गेल्बो लोसारमा किसानले खेती सुरु गर्ने हुँदा खानपिन गर्न नपाउने हँुदा सोनाम लोसारलाई परापुर्वदेखि किसानको लोसार मानिदै आएको कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।

कार्मारोङ गाउँपालिकाकाको दोल्फु,चिताई,पुअ, ताखा, खारी, कार्ती, किर्मी,माग्री, मह, रिउस, ताखा, खारी, दाउरालगाएत सदरमुकाम गमढी बस्ने लामा, मुगल, तामाङ जातीका समुदायले सोनाम लोसार हर्षउल्लासका साथ मनाउदै छन् ।

जुम्ला जिल्लामा बसोवास गर्ने लामा तथा तामाङ जातीले यो चाड मनाउने गर्दछन् । सोनामा लोसारको उपलक्ष्यमा गाउँ–गाउँमा आप्नो समुदायमा बसेर खानपिन, प्रदेशमा गएको मान्छे घरमा आएर खुशीयाली गर्ने र गाउँमा बसेर एक आपसमा समुह बनाएर धनुष बाण खेल्ने, गुम्वामा पुजा गर्ने चलन रहेको कार्मारोङका बुद्धिजीवी गुरु स्याग्याप लामाले बताए ।

कार्मारोङ गाउँ पालिकाको वडा न. ९ बाहेयक १ वडा देखी ८ वडामा जनजाती तथा बौद्ध धर्मालम्वी भएकाले े प्रत्येक वडामा धनुष खेल्ने, देखी अन्य साँस्कृती कार्यक्रम, लोसारको अवसरमा गुम्वामा पुजा, पाठ जस्ता कार्य गर्नेगरेको गाउँपालीका अध्यक्ष लामाले बताए ।

लोसार मनाउन कठीनाई
गएका बर्षहरुमा चाड मनाउन यहाँका अधिकांश स्थानीय हरु जडीवुटी संकलन गरेर कमाई बाट सिमीत रहेर चाड पर्ब मनाउन सजिलो भए पनि, यस बर्ष भने जडीवुटीद्वारा कमाई नभएकाले अधिकांशलाई लोसार मनाउन कठिनाई हँुदा खर्च जोहो गर्न बाध्य रहेको स्थानीयबासी बताउँछन ।

कार्मारोङ्ग गाउँपालिका वडा नं ६ पुअ गाउँका स्थानीय छेवाङ तोर्चे लामाको पाँच जनाको परीवार छ, नत लामाको कुनै सरकारी जागीर छ, नत कुनै ब्यापार ब्यवासाय उनी केवल स्थानीय बस्तीमा बसेर खेतीपाती गरेर जिविका पार्जन गर्छन, लामालाई बर्षको एक पटक आउने चाड लोसार मनाउन लाग्ने खर्च जोहो गर्न हम्मे, हम्मे भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार