भिडियोमा आयो महजात्राको आहा क्या राम्रो

काठमाडौं । आगामी ९ चैतबाट रिलिज हुने चलचित्र ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो…’ माघेसङ्क्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको छ । यो गीतको गत महिना काठमाडौंको खुल्लामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको थियो ।

यो गीतको भिडियोमा कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षत्री र मोडल आश्मा विश्वकर्माले नृत्य रहेको छ । अरुण र आश्मा गीतमा मात्र रहेका छन् ।

यो गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर यो गीतमा रहेको छ, । एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथामा यो गीतको भिडियो आधारित रहेको निर्देशक प्रदीपले बताएका छन् । फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।

निर्देशक प्रदीप भट्टराईका अनुसार यो चलचित्रको कथामा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको प्रदीपले जिकिर गरे । फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलामा ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।

यसमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशक, आशिष अविरलको सङ्गीतकार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी