अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशन दैलेखमा हुने

दैलेख । नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशन दैलेखमा हुने भएको छ । अनेरास्ववियु कर्णाली प्रदेशको प्रदेश कमिटीको बैठकले प्रदेशे अधिवेशन यही माघ ७ र ८ गते दैलेख सदरमुकाममा गर्ने निर्णय गरेको हो ।

अधिवेशनमा कर्णाली प्रदेशका १० जिल्लाबाट करिब१८६प्रतिनिधि उपस्थित रहने अधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य,कर्णाली प्रदेशका सह–इन्चार्ज रेखा थापाले बताइन् ।

उनले सर्वसम्मत नेतृत्व चयन गरिने यदि हुन नसकेमा मतदानबाट चयन गरिने र बिधानमा ब्यबस्था भए बमोजिम ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी निर्वाचित गरिने जानकारी दिइन् ।उनले पहिलो पटक जिल्लामा प्रदेशकोअधिवेशन हुन लागेको बताइन् ।

अधिवेशन सम्पन्न गर्नका लागि आयोजक जिल्लाको हैसियतले अनेरास्ववियु दैलेख जिल्ला इन्चार्जको संयोजकत्वमा सिङ्गो अनेरास्ववियु दैलेख जिल्लाका पदाधिकारीहरु र सदस्यहरु रहेको मञ्च व्यवस्थापन, स्वयंसेवक र आवास तथा खाद्य व्यवस्थापन उप–समितिलाई समिती गठन गरिएको समेत उनले जानकारी दिइन् ।

अधिवेशन सम्पन्न गर्न उपसमिति गठन गरि कार्य अगाडी बढाइएको छ । माघ ७ गते दिउँसो २ बजेदेखि दैलेख सदरमुकाममा शुरु हुन लागेको कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले उद्घाटन गर्र्नेे कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार