अनु अधिकारी रिलायबल ग्रुप अफ कम्पनीको ब्रान्ड एम्बेसडर

काठमाडौं । सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रका लागि स्वर्णपदक जित्न सफल नेपाली राष्ट्रिय कराँते खेलाडी अनु अधिकारीलाई रिलायबल ग्रुप अफ कम्पनीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाली खेलकुद क्षेत्रमा अधिकारीले पु-याएको योगदानको उच्च कदर गर्दै माघ १८ गते रिलायबल ग्रुप अफ कम्पनीका निर्देशक मदन चुडाल र अनु अधिकारीबीच भर्चुअल माध्यमबाट सम्झौता भएको हो । अनु अधिकारी हाल प्रशिक्षण तथा प्रतियोगिताका लागि अमेरिकामा रहेकी छन् ।

खेलाडी अधिकारीलाई सन् २०२४ का लागि आधिकारिक रूपमा सो कम्पनिको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरिएको छ भने कम्पनीले आगामी एक वर्षसम्म अनु अधिकारीका लागि खेलकुद पोसाक तथा खेल सामग्री प्रदान गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भ्रमणका लागि सीमित आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ ।

नेपाली बजारमा रेडब्लुईनर्जी तथा बदाम ड्रिंक्स जुसको उत्पादन र बिक्री वितरणमा अग्रणी स्थानमा रहेको रिलायबल गु्रप अफ कम्पनी नेपाली खेलकुदका क्षेत्रमा सहयोग गर्न आफ्नो स्थानबाट निरन्तर लागिरहने प्रतिबद्धता जाहेर गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)