राम्रो कमाइको प्रलोभनमा यूएई पुगे, नपाउनु दुःख पाए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र त्यहाँ पुगेका इलामको माईजोगमाई–४ का सुकबहादुर लिम्बु नेपाल फर्किएका छन् ।

काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत् त्यहाँ पुगेका लिम्बु लामो समयदेखि बिरामी अवस्थामा थिए । राजधानीले उनको अवस्था’bout समाचार प्रकाशित गरेपछि प्रवास नेपाली सम्पर्क विभाग यूएईले लिम्बुलाई उद्धार गरी नेपाल फर्काएको हो ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज २ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा बसिरहेका बेला सम्पर्क विभाग यूएई प्रमुख सुजन थापा र कानुनी सल्लाहकार प्रल्हाद पाठक अल खवानिजस्थित जे एफेम क्याम्पमा पुगेका थिए ।

त्यहाँ पुगेर पीडितको स्थिति बुझी आबुधावीस्थित नेपालीसमक्ष तुरुन्तै फोनमार्फत खबर गरेर र त्यसको भोलिपल्ट इमेलमार्फत दूतावास, वैदेशिक रोजगार विभाग काठमाडौं, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयसम्म निवेदन दिइएको थियो ।

दूतावासको समन्वयमा उनलाई दुई दिनअघि अल खवानिज जे एफेम क्याम्पदेखि दुबई विमानस्थल टर्मिनल २ सम्म पु¥याएर स्वदेश पठाइएको नेपाली सम्पर्क विभागले जनाएको छ ।

यसघि उनले सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै भनेका थिए, ‘म हाल १५ दिनदेखि अशक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैं उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन कसरी उपचार गर्ने ?’

यस्तै, सोही कम्पनीमा विगत चार महिनादेखि ड्युटी र तलब नपाएर बसेका अन्य नौ जनामध्ये दुई जना राजीव यादव र आयुस मुक्तानलाई पनि आवश्यक सहयोग गरी सोमबार नेपाल पठाइएको विभागले जनाएको छ ।

यसैगरी, डडेलधुरा घर भई हाल यूएई सारजहाको अल सज्जा बस्ने मीनबहादुर नेगीलाई पनि उद्धार गरी नेपाल फिर्ता पठाइएको छ । उनलाई पनि कम्पनीले काम पनि नदिएको र तलब पनि नदिएर करिब तीन महिनादेखि अलपत्र पारी राखेको अवस्थामा उद्धार गरी नेपाल पठाएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन