कालो मोतीको विश्व रेकर्ड

भैंसीलाई संसारमा कालो मोतीका रूपमा लिन थालिएको छ । मोतीको भन्दा कम मूल्य छैन यिनीहरूको ! संसारमा कालो मोतीका रूपमा चिनिने भैंसीको पनि नयाँनयाँ रेकर्ड कायम भएका छन् । पशु जगतमा यो नौलो कुरा भने होइन । पछिल्लो रेकर्डअनुसार भारतमा एउटा भैंसी ५१ लाखमा खरिद बिक्री गरिएको छ ।

भारतको हरियानामा यो कारोबार भएको हो । यसको नेपाली रुपैयाँ ८१ लाख ६० हजार हुन आउँछ । तर, यो भैंसीको अहिले १ करोडभन्दा बढी मूल्य तोकिएको छ । सरस्वती नाम दिइएको सो भैंसीलाई पछिल्लोपटक भारत लुधियानाको जगराँवमा आयोजित डेरी एन्ड एग्रो प्रदर्शनीमा लगिएको थियो ।

सो भैंसीले प्रतिस्पर्धात्मक प्रतियोगितामा ३३ दशमलव १३१ किलो दूध दिएर संसारलाई अचम्म बनाएको छ । प्रतियोगितामा विश्वमै प्रथम घोषणा भएपछि सरस्वतीले भारतीय २ लाख रुपैयाँ पुरस्कार जितेको थियो, अर्थात् नेपाली रुपैयाँ ३ लाख ८० हजार !

यससँगै पहिले कायम रहेको संसारको सबैभन्दा बढी दूध दिने पाकिस्तानी भैंसीको रेकर्ड तोडिएको छ । पाकिस्तानको भैंसीले ३२ दशमलव शून्य ५० किलो दूध दिएर सो रेकर्ड कायम गरेको थियो ।

गत वर्ष भारतको हिसार क्षेत्रमा आयोजित प्रतियोगितात्मक मेलामा सरस्वती नामको सो भैंसीले २९ दशमलव ३१ किलो दूध दिएर प्रथम पुरस्कार हासिल गरेको थियो । त्यस्तै, हिसारमै गरिएको केन्द्रीय भैंसी अनुसन्धान इन्स्टिच्युटमा भैंसी अनुसन्धान कार्यक्रममा २८ दशमलव ८ किलो दूध दिएर सो भैंसीले पुरस्कार जितेको थियो ।

यो मूर्रा जातको भैंसी हो । मूर्रा जातको भैंसीलाई अहिले संसारमा सबैभन्दा बढी दुधालु भैंसीका रूपमा लिइन्छ । भारतले यस जातको भैंसीमा ‘प्याटेन्ट राइट’को स्वामित्व लिन पनि पहल गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर