आशापुरे महादेवको मन्दिर चारैतिर पहाडले घेरिएको छ । यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्र भाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरी महादेवको शिवलिंग सानो कालो पत्थरको छ, जुन अति सुन्दर देखिन्छ । शिवलिंग वरिपरी बेरिएको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ । मुख्य मन्दिर वरिपरी गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ पञ्चमुखी धारा छन् । जुन धारामा २४सै घण्टा कलकल ध्वनीमा पानी बग्ने गर्छ । मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्र भौतिक पूर्वाधारको समेत विकास बिस्तारै हुनथालेको पाइन्छ । आशापुरे महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अपभ्रंश भई आशापुरी हुन गएको इतिहास तथा संस्कृतविद्हरू बताउँछन् । विशेषगरी मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती छ ।
आशापुरेश्वरमा विशेषगरी सन्तान र सुख आदि प्राप्तिका लागि पूजा आराधना गर्ने बताइन्छ । आशापुरी महादेव धार्मिक र सांस्कृतिक दृष्टिले निकै नै महत्वपूर्ण छ । यी महादेव लिच्छिवीकालीन हुन्, जुन शिव पुराणमा वर्णित ६४ शिवलिंगमध्ये एक हो । भक्तपुर र काभ्रेको संगममा पर्ने आशापुरी महादेव दर्शन गरे मनको इच्छा पूरा हुने जनविश्वास छ । यो मन्दिर भक्तपुर, काभ्रेको संगममा डोलेश्वरबाट ६ किमीको दूरी साँगा महादेवबाट ५ किमीको दूरी र पनौती नगरपालिका–३ मा भएको महादेवबाट ४ किमीको दूरीमा पर्छ । त्रिवेणीको संगम नैचाल खोला, काँक्रबारी खोला र पनौती–१ कुबाडोलबाट आउने खोलाको त्रिवेणीमा अवस्थित छ, यो महादेव ।
आशापुरी महादेवको स्थापना’bout त्यहाँका जानकारहरूका अनुसार, परापूर्वकालमा सुर्वण नाम गरेको ऋषिले हिमालय पर्वतमा तपस्या गर्दा महादेव प्रशन्न भई प्रत्यक्ष दर्शन दिई के इच्छा छ भनी सुर्वण नामका ऋषिलाई सोधेका थिए । ऋषिले पापको प्रायश्चित गरी हे भगवान् † मलाई यो पापबाट मुक्त गराइदिनु भनेकाले महादेवले तिमीले यति तपस्या गरेर पुग्दैन, म तिमीलाई एउटा सुकेको मयलको लौरो दिन्छु, तिमीले यो लौरो टेक्दै जाँदा जुनजुन स्थानमा बास बस्छौ, त्यस स्थानमा लौरो गाड्दै जानु, जुन ठाउँमा बास बसेर लौरो गाड्दा लौरोमा मुना पलाउँछ, तब मात्र तिमीले चिताएको पूरा हुनेछ र आशापूर्ण हुन्छ भनी वरदान दिए । यसरी महादेवले दिएको मयलको लौरो विभिन्न ठाउँमा गाड्दै ऋषिमुनि सुवर्ण यस स्थानमा आई बास बसेका र ऋषि बिहान स्नान गरेर आउँदा सो लौरोमा मुना पलाएको देखेर खुसी भई आशापूर्ण भएको किंवदन्ती पाइन्छ ।
सो लौरो गाडेको ठाउँमा खोस्रेर हेर्दा शिवलिंग फेला परेकाले आशापुरेश्वर महादेव नाम रहन गएको भन्ने भनाइ छ । त्यसबेलादेखि सो मन्दिरमा भक्तजनहरू आशा लिएर आउने र सो आशा पूरा भएको किंवदन्ती छ । विशेषगरी, यहाँ लाग्ने मेलामा पुस मसान्तमा मादी बाल्ने (बत्ती बाल्ने), पितृ उद्धार तथा भाकल पूरा गर्ने र कात्तिक पूर्णिमा, शिवरात्री, माघ महिना तथा साउन महिनामा विशेषगरी सोमबार र शनिबार भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती छ
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाभित्र मात्र कयौं मठमन्दिरहरू छन् । सो मठमन्दिरमध्ये मुख्यमुख्य मन्दिरको शिव सर्किट बनाई पर्यटन विकासको थालनी भइरहेको छ । उदाहरणका रूपमा धनेश्वर महादेव, वडा नं. २ बालकोट, गुप्तेश्वर महादेव वडा नं. २ बालकोट, सोमलिंगेश्वर महादेव वडा नं. १ सिरुटार, चरखण्डी महादेव वडा नं. १÷४ सिरुटार, अनन्तलिंगेश्वर महादेव वडा नं. ४ दधिकोट, मत्स्येश्वर महादेव वडा नं. ७ गुन्डु, रामभक्तेश्वर महादेव वडा नं. ७ गुन्डु, सुवर्णेश्वर महादेव वडा नं. ५ कटुन्जे, सूर्यविनायक गणेश वडा नं. ६÷८ सूर्यविनायक छन् । यसैगरी, डोलेश्वर महादेव वडा नं. ८, सिपाडोल, नन्दिकेश्वर महादेव वडा नं. ९ नंखेल, आशापुरी महादेव वडा नं. ८ सिपाडोल, कैलाशनाथ महादेव वडा नं. १० चित्तपोल, नटारम्मेश्वर महादेव वडा नं. १० चित्तपोल, महांकालेश्वर महादेव वडा नं. १० चित्तपोल छन् । यस्तै, भक्तपुरलगायत मुलुकभरका अन्य पालिकामा पनि धार्मिक तथा पर्यटकीय सर्किटको विकास गर्न अति आवश्यक छ । यसबाट पर्यटन प्रवद्र्धन भई स्थानीय जनशक्तिले रोजगार पाई आर्थिक समृद्धिमा अगाडि बढ्न सक्छन् ।
विश्वमा सूचना र सञ्चारको जगत्मा २१औं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील मुलुकहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यस शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील मुलुकहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफना मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख मुलुकहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित मुलुकका साथै विकासशील मुलुकले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीका रूपमा फैलिएको कोरोना माहामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सोक्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । बेरोजगारीको समस्या हल गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी मुलुकको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम् उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्धितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ । जसबाट यस क्षेत्रका जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुनसक्छ ।
हाम्रो मुलुकले प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुनसकेको छैन । यसबाट प्रस्ट हुन्छ कि, उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण आशापुरी महादेव क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुनसक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख मुलुकमध्ये नेपाल पनि पर्छ
यस क्षेत्रका लागि डोलेश्वर महादेव, आशापुरी महादेव र साँगाको महादेव मन्दिरको एकीकृत पर्यटकीय व्यवस्थापन गर्नु अति आवश्यक छ । योजनाको अभावले गर्दा यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको सर्किटका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । त्यस्तै, साँगाबाट आशापुरी महादेवको मन्दिरसम्म जाने बाटो अव्यवस्थित हुँदा पर्यटनमा प्रत्यक्ष असर पुगेको देखिन्छ । यहाँ भएका होटल, लजको आवश्यक व्यवस्थापनको कमीले गर्दा तीर्थयात्रीहरू मर्कामा परेका छन् । साथै, मन्दिरको पूर्वतर्फ सञ्चालन भइरहेको ढुंगाखानीले मन्दिर परिसर तथा प्राकृतिक सौन्दर्यमा ठूलो असर पु¥याएको छ । यस’bout स्थानीय सरकार बेलैमा सचेत हुन आवश्यक छ ।
यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । स्थानीय सरकारको समन्वयमा आशापुरी महादेव क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख मुलुकहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । पर्यटनका माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस आशापुरी महादेव क्षेत्रभित्रदेखि मुलुकभरीका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रिया अनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।






