सिमसार दोहनको स्रोत नबनाऔं

विषय प्रवेश
‘सिमसार मानव हितको आधार’ नाराका साथ यस वर्षको सिमसार दिवस मनाइएको छ । विगत २ वर्षअघिको नारा सिमसार र जैविक विविधता थियो भने गत वर्षको नारा पानी र सिमसार थियो । सामान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमिनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धान बालीका लागि उपयुक्त स्थान, भूमिगत जलस्रोत, वर्षामा पानी बढ्ने प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी पानी जमेको, बगेको, नदीबाट प्रभावित, धापिलो, दलदल, ताल, जलाशय वा भनौं कृषि भूमिसमेतलाई सिमसारका रूपमा हेर्ने चलन छ ।

के हो रामसार महासन्धि ?
यस सन्धिले भनेअनुसार सिमसार भनेको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, जमेको वा बगेको, नुनिलो वा स्वच्छ पानीले ढाकेको जमिन हो । रामसारको इतिहास धेरै लामो छैन । सिमसार’bout विश्वको ध्यानाकृष्ट गर्न पहिलोपल्ट सन् १९७१ मा इरानको रामसारमा विभिन्न राष्ट्र प्रतिनिधि जम्मा भई एक हस्ताक्षर भयो, जसलाई सिमसार महासन्धि भनिन्छ । हाल १ सय ७२ मुलुक यसमा आबद्ध छन् । विश्वको ९ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । सन् १९८८ देखि यसको पक्ष राष्ट्र हौं, हामी । नेपालमा ५ प्रतिशत भूभाग सिमसारमै छन् । तराई क्षेत्रमै १ सय ६३ सिमसार छन् भने हाम्रो पहाडी र हिमाली भेगमा ७९ सिमसार रहेको छ ।

यहाँ कृषियोग्य भूमि धेरै भए पनि सिमसार भूमि भने सबैतिर गरी अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार कुल भूमिको ५ प्रतिशत मात्र छ । यहाँ सिमसारले ओगटेको क्षेत्र करिब ६० हजार ५ सय ६१ हेक्टर छ । संसारका ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा अडेका छन् । नेपालका १ सय ७२ प्रकारका लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरू सिमसारमै आश्रित छन् । यहाँ पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव, ७ हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमै आश्रित रहेको वनस्पति विभागको दाबी छ । त्यस्तै, २ सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमै छन् ।

नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएपछि कोशी टप्पु वन्यजन्तु आरक्ष, बिसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल, राराताल, शे–फोक्सुन्डो ताल, माईपोखरी, गोसाइँकुण्ड, पोखरामा रहेका विशेष नौवटा तालको समूहसमेत जोड्दा रामसार सूचीकृत सिमसार क्षेत्रको संख्या १० बढी छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भएको छ । सिमसारमा आउने परिवर्तनलाई विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडेर पनि हेर्ने गरिएको छ ।

दोहनको स्रोत
सिमसारको आकार घट्दै छ, राज्यका संंयन्त्रहरूलाई धेरै आयस्रोत आवश्यक परेको छ । सार्वजनिक क्षेत्र कहिले बिक्रीमा जाने, कहिले ठेक्कापट्टामा लगाइने गरेको छ । स्थानीय सरकारहरू पनि यो काममा अगुवा भएका छन् । सिमसारको स्वरूप बिग्रने, रैथाने जीवहरू टिक्न नसक्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय पोखराको फेवाताल प्रदूषित भएको र जग्गा अतिक्रमणमा परेको छ । करेन्ट लगाएर माछा मार्न निषेध छ तर सर्लाही, रौतहट सिमानाको बाग्मतीमा विद्युतीय प्रयोगबाट माछा झिक्ने गरिएको खबर छ भने कैलालीका विभिन्न सिमसार क्षेत्रलाई आपूmअनुकूल बनाउने गरिएको देखिन्छ । प्राकृतिक भूभागलाई धमाधम ठेक्कापट्टामा लगाई दैलोका सरकारहरूले राज्य दोहन गरिदिँदा प्रकृति उजाड हुने डर छ ।

तालहरू सुक्दै जाने, त्यसमा रहेका जीवजन्तुहरू लोप हुँदै जाने खतरा बढेको छ । सिमसार प्राणी अस्तित्वका लागि प्रकृति प्रदत्त स्थान हो, बाग्मतीलाई कुरूप बनाउँदा अहिले त्यहाँ कुनै जलचर छैनन् । कतिपय विषयवस्तुहरू हाम्रो धर्म, परम्परा, संस्कृति, संस्कारका लागि पनि ती र त्यहाँका विषयवस्तुहरू आवश्यक हुन्छन्, भूगोलका साथमा हामीले आप्mनो धर्म, संस्कृतिमाथि पनि प्रहार गर्दै छौं । माछा पालनमा सिमसारमा प्रयोग हुने कीटनाशक औषधि, नाइट्रोजन, फोस्फोरस, चुना, दानाले पनि जीवजन्तुलाई क्षति गर्छ । पानीको मुहान मान्छेले आपूmअनुकूल गर्दा पनि सिमसारको अस्तित्व संकटमा छ । हामीलाई बिस्तारै पानीको समस्या थपिँदै जानाले प्रकृति दोहनमा राज्यका संयन्त्रहरू लागिपरेको अवस्था छ । सप्तकोशीले आपैंm धार परिवर्तन गर्दा पनि समस्या छ, जलचर संकटमा छन् । सिमसार मनपराउने सरिसृप, कछुवा, गँगटा, घोंगी, उभयचर बिस्तारै लोपोन्मुख छन् । पर्यावरणको सपस्या थपिएको छ, साविक कोशी टप्पुमै १ सय ९ सिमसार अंश थिए, जुन अहिले छैनन् ।

अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार भूमि मुलुकको कुल भूमिको ५ प्रतिशत मात्र छ

समस्या नै समस्या
विगत केही समय यतादेखि जलवायु परिर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भई सुक्खा क्षेत्रको वृद्धि भएको छ । पानीको अभावमा कृत्रिम पानीको व्यवस्थापन सजिलो छैन । नेपालमै उत्तम मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत हाल ५८ वटाभन्दा बढी कृत्रिम तालहरू बनेका छन्, सिमसार क्षेत्रमा आएको ह्रासकै कारण त्यहाँ एकसिंगे गैंडाका लागि घोेलको अभाव छ । नेपालमा स्थायी र अन्यत्रबाट बसाइँ सरी आउने जलपन्छीको संख्या सिमसार क्षेत्रको विनाशकै कारण घटिरहेको छ । चितवन मात्रै होइन पर्सा, बाँके, शुक्लाफाँटालगायत, काठमाडौंको टौदह, चोभार, चराकै स्वर्ग मानिने सुनसरीसमेतमा पानीको अभाव छ । चोभारमा सुक्खा बन्दरगाहले ओगटेको छ, अहिले । नेपालको पूर्वीक्षेत्र गुराँसको राजधानी हो । राष्ट्रिय गौरवको आयोजना भन्दै कोशी कोरिडरमा विद्युत् प्रसारण लाइनअन्तर्गत ८ हजारको संख्यामा त्यस क्षेत्रमा रूख कटान हँुदा समस्या थपिएका छन् । विकासले विनाश निम्त्याउनुहुन्नथ्योे । सिमसार, जलवायु र मानव सभ्यतालाई धावा बोलिनेगरी निम्ता गरिएको विकासले मानवलार्ई विनाश गर्छ । सुनसरीमा औद्योगिक र मानव अतिक्रमणका कारण कोशी टप्पुक्षेत्र साँघुरिएको छ । त्यहाँको जगदीशपुर तालमा हरेक वर्ष २५ हजार बढी जलपन्छीहरू विचरण गर्न आउँथे भने केही समयअघि १७ हजारको संख्या बाहिर आयो । बाघ, गैंडा, हात्ती, अर्नाजस्ता ठूला जनावरका लागि पानीको आपूर्ति भइरहनुपर्ने र निरन्तर त्यहाँ चिस्यानको आवश्यकता पर्छ । गर्मीमा तिनीहरू घोलमा खेल्ने गर्छन् । प्रशस्त पानी भएको र हरियाली भएकै स्थानमा पाटेबाघले आप्mनो बासस्थान बनाउँछ ।

जोखिम मानव सभ्यता
सिमसारको दोहनकै कारण आज मानव सभ्यता संकटमा छ । ध्वनि, वायु एवं जल प्रदूषण तीव्र छ, कडा रोगको उच्च जोखिममा छ, आजको मानव । अधिक कार्बनको उत्सर्जन छ । मानव सभ्यताको इतिहास लामो अर्थात् ५५ करोड वर्ष नाघेको छ । पहिले मान्छे फिरन्ते हो, जब मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानालाकै छेउछाउ मन परायो । इन्दस नदीको ’round हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोलानाला, जल ’roundबाटै सुरु भएको हो । प्रसिद्ध सहर न्युयोर्क, लन्डन, सांघाई, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य सहरहरू नदी, खोला, सागर छेउछाउ नै छन्, अहिले पनि ।

प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री बनाउन स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुनुपर्छ

पानी काटेर बाहिर पठाई सहर बसालेको हाम्रो इतिहास छ, काठमाडौं उपत्यकाको । यो उपत्यका मात्र होइन ठूला भनिएका सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सहर सबैजसो नदीनजिकैै छन् । कार्बन उत्सर्जनको प्रमुख कारक मानिस त हो तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी खोलानालाहरूले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ, माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ । जल, जमिन, वन, ऊर्जालाई खलल पु¥याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार गर्नैपर्छ । प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ । तर, मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै छ । पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमिनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । कार्बनडाइअक्साइडकै कारण मानव कडा रोगको सिकारमा रहेको हो ।

सबैभन्दा बढी कार्बन सोसेर लिने वन हो, वन, नदीनालाको अतिक्रमणले मानव मृत्युको मुखमा परिरहेको छ । ताल, नदी, इनार, खोला, वन, जलाशयहरूको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो तर हामीकहाँ तिनैलाई राजस्वको स्रोत आवश्यक परेको छ । काठमाडौंमा देखिएको वायु प्रदूषण निकै कहालीलाग्दो अवस्थामा छ, हिउँदमा पानी नै परेन यसपालि पनि । अकस्मात्को अतिवृष्टिको सामना त हामीले गरेकै हौं । भूमिगत पानी तानिएको र बर्खेपानी जमिनमा नजानेगरी स्थानीय सरकारहरू सानातिना बाटोहरू पनि ढलान गर्ने प्रतिस्पर्धामा छन्, कमिसनको प्रलोभन छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार घढ्दै छ र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भूस्खलन, बाढी, पहिरोजस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश छ । सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्यायो, अन्तरिम योजना २०६४ ले वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको हो । दिगो विकास एजेन्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले पनि सम्बोधन गरे पनि यसको समस्या बढेको छ, घटेको छैन । कालापत्थरका नामले चिनिन थाले हाम्रा हिमालहरू ।

सन् १९९२ मे मा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार भएको र यसैको जुनमा रियो दी जेनेरियोमा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यतिबेलादेखि नेपालमा यस’bout चासो बढेको हो ।

उपसंहार
हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थानविशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो परिवर्तन हुने गर्छ । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । प्रभाव गरिब, विकासोन्मुख, भूपरिवेष्ठित र पर्वतीय मुलुकहरूमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लगाउन सकिन्छ । न्यून गर्ने भनेको अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट आउने हो । खाने मुख थपिने, उत्पादन भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममा असर पर्ने हो । हरितगृह ग्याँस उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेनन् । त्यस्तै, सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउन सकिएन अर्को समस्या । उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति भएन थप समस्या ।

प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुनसक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहीँकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकूल बनाउन जरुरी छ ।

स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनुहुन्न । बाँझो, छोडेको जमिन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमिनमा लाभदायक रूख बिरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न बिमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपुर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वनक्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतका रूपमा व्यवस्थापन गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो