स्वास्थ्य संस्थामा आउदैनन् कुष्ठरोगका बिरामी

कुष्ठरोग बारे जानकारी गराउदै स्वास्थ्य सेवा कार्यालय कालिकोट ।

कालिकोट । कुष्ठरोगका बिरामीहरु चेकजाँच गर्न स्वास्थ्य संस्थामा आउन नमान्ने गरेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले सोमवार जिल्लामा कुष्ठरोग सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

कालिकोटमा ७ जना मात्र

कुष्ठरोगीहरु आफ्नो स्वास्थ्य अवस्थावारे चेकजाँच गर्न नमान्ने जिल्ला भन्दा बाहिर गएर जाँच गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका स्रोतव्यक्ती जगदिश नेपालीले बताए । परम्परागत रुपमा गाउँ समाजमा कुष्ठरोगीलाई गरिने अवहेलना र विभेदका कारण सजिलै तरिकामा स्वास्थ्य चेकजाँच गर्न आउन मान्दैनन्। अन्तिम अवस्था भइसकेपछी वाध्य भएर बाहिर जिल्ला जाने गरेका छन ।

उनका अनुसार अहिले कालिकोटमा नर्मल खालका ७ जना मात्र बिरामी आफ्नो सम्र्पकमा आएर औषधी खाइरहेका छन । गत साउन महिनादेखी २ जना कुष्ठरोगका बिरामी फेला परेको र पहिला ५ जनाले नियमित औषधी सेवन गरिरहेका थिए । अहिले जम्मा ७ जना मात्र छन नेपालीले बताए ।

अहिले पनी मान्छे सजिलै तरिकाले स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउन मान्दैनन् । चेकजाँच गरेपनी जिल्ला बाहिरका अस्पतालमा गर्ने गरेको पाइएको छ । गत वर्ष जिल्लाका ३ वटा ठाउँमा स्वास्थ्य शिबिर राखेर चेकजाँच गरेका थियौँ ।

अहिले जिल्लाका सवै स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधी निशुल्क पाइने गरेको नेपालीले बताएका छन । जिल्ला अस्पतालमा उपचार गर्न आएपनी भाडा स्वरुप रकम दिने गरेको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले अहिले नियमित अनुगमन र अनुशिक्षण गर्ने गरेको छ । कार्यक्रममा डाक्टर रोहित गुरुङको अध्यक्षता, नेपाल पत्रकार महासघका अध्यक्ष भरतराज विष्ट लगायतका जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थितमा कार्यक्रम गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे