एक महिनामै सकियो चलचित्र मनसरा

काठमाडौं । चलचित्र ‘जारी’का निर्देशक तथा कवि उपेन्द्र सुब्बाले आफ्नो निर्देशनमा दोस्रो चलचित्र ‘मनसरा’को छायांकन प्याकपअ गरेका छन् । आफ्नो सिनेमा एक महिनामा सम्पन्न गरेको उनले बताएका छन् । चलचित्रको छायाँकन शनिबार सम्पन्न भएको हो ।

निर्देशक सुब्बाकै लेखन रहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतको अभिनय छ । यो चलचित्रको ललितपुर, काठमाडौं र पाँचथरमा छायाँकन गरिएको पनि उनले बताए । जारीजस्तै मनसरामा पनि लिम्बु समुदायको साँस्कृतिक कथा उठान गरिएको छ ।

कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन र श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ । यो चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माता रहेका छन भने यस फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले देशभर वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर