बेलायतमा नेपाली चलचित्र’bout तीन दिने कार्यक्रम

काठमाडौं । बेलायतको लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयमा तीन दिनको कार्यक्रम सोमवार सम्पन्न गरेको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन शनिबार अन्तर्क्रिरया र चलचित्र प्रदर्शनी गरिएको थियो । यस्तै दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमणसहित कार्यक्रम सम्पन्न भएको आयोजक पक्षले जनाएको छ ।

यो कार्यक्रममा मोटो रकम खर्चेर चलचित्र विकाश बोर्ड सहभागी हुन लागेको भन्ने आरोपलाई थाँती राखेर चलचित्र विकाश बोर्डको प्रतिनिधित्व गर्दै अध्यक्ष भुवन केसी सहभागी भएका छन् । बोर्डले यो कार्यक्रममा सहभागीता जनाएको ’bout बोर्डकै सदस्य केएल बुढाथोकीलगायतले विरोध गरेका थिए ।

कार्यक्रममा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली सहभागी भए । त्यहाँ नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागीमा तीन दिनको कार्यक्रम गरिएको बिएलले जनाएका छन् ।

‘हामीले यसपटक बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्व लगायतका विषयमा अन्तर्क्रिरया सम्पन्न गरेका छौं ।’ अध्यक्ष बिएलले भनेका छन् ।

सो अन्तक्रियामा बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरूले चलचित्र बोर्डको कार्य’bout आफ्नो असन्तुष्टी पोखेका थिए । उनीहरूले युकेको बजारमा नेपाली चलचित्रको विस्तारको पहल राज्यबाट नभएको टिप्पणी गरे । विदेशी चलचित्रलाई प्राथमिकतामा नराखी नेपाली चलचित्रलाई विश्वमाझ पुरÞ्याउन उनीहरुले माग गरे । सो अन्तक्रियामा चलचित्रकर्मीहरूसहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी