दाङमा डिउटीमा खटेकी महिला प्रहरी जवानको गोली हानी हत्या, गोली हान्ने उनकै श्रीमान

तुलसीपुर । दाङको घोराहीमा गोली प्रहारबाट महिला प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापा रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि गोली प्रहार गर्ने उनकै श्रीमान यमबहादुर झाँक्री रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गरे लगत्तै भाग्दै गरेका झाँक्रीलाई लमही नजिकै अर्जुनखोलाबाट पक्राउ गरिएको हो ।

नेपालगञ्जमा प्रहरीमा कार्यरत श्रीमान झाँक्रीले घरायसी विवादका कारण गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको हतियार कहाँबाट र कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ । घटना करिब साढे ७ बजे भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, सम्भव भए आजै मतगणना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित