निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ बढ्यो

निगमले बिहीबार विज्ञप्ति जारीगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ मुल्य बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।

बिहीबार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्यसूची पठाएकाले सोही अनुसार यहाँको विक्री मुल्य केही बढाएर समायोजन गरिएको निगमले जनाएको छ । यसअघि गत १ तारिकमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नभएर खाना पकाउने ग्यासको भाउ बढाएको थियो ।

१५ दिनको अवधीमा लगातार दुईपटक इन्धनको भाउ बढाईएपछि चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य उपभोक्ता निगमको यस्तो निणर्यपछि थप मर्कामा परेका छन । निगमले स्वचालित प्रणाली अनुसार इन्धनको नयाँ मुल्य समायोजन गरिएको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी