कामनाका संस्थापक श्रेष्ठको सम्झनामा रक्तदान

काठमाडौं । कामना न्युज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लब नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको सम्झनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान’को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्युज पब्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्रांगणमा रक्तदान गरेका थिए ।

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । रक्तदानमा सहभागी भएका रक्तदातालाई कामना न्युज पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस्तै, श्रेष्ठको सम्झनामा आयन्स क्लब अफ विशाल बजार र विशाल बजार व्यापार संघले पनि बिहीबार नै विशाल बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब