ज्वालामुखीको टापु !

क्यारिबियन आइल्यान्ड ज्वालामुखीको टापुजस्तै मानिन्छ । त्यहाँ नियमित सक्रिय ज्वालामुखी अस्तित्वमा छन् । ‘ला सोफ्रिरे’ ज्वालामुखीले बेलाबेलामा दिने सकसपूर्ण झड्का निकै सोचनीय छ । यो क्यारिबियनको समस्या पनि हो । तर, यही नै पर्यटकका लागि आगमनको आकर्षण हुन थालेको छ ।

यो टापुमा निस्कने ज्वालामुखीबाट सतर्कताका लागि वरिपरिका ससाना टापुहरूमा डुंगा तथा पानीजहाज तयारी हालतमा राखिएका हुन्छन् । उद्धारका लागि तत्काल प्रयोगमा आउने यी साधन क्यारिबियन जनता तथा आगन्तुकका लागि ‘जीवनदाता’ नै हुन् ।

सोफ्रिरे ज्वालामुखी हेर्न आएका मानिस ’roundका ससाना टापुमा जम्मा भइरहँदा भूगर्भविद्ले ती टापु पनि सुरक्षित नभएका र ज्वालामुखी तथा भूकम्पको मारमा पर्नसक्ने सम्भावना रहेका चेतावनीले निकै सतर्क बनाउने गर्छ । लाभा बाहिर निस्कँदा साना टापुमा त्यो गडगडाहटको कम्पन सानोतिनो भूकम्पजत्तिकै महसुस हुने गर्छ ।

अचम्मको कुरा त के पनि भएको छ भने ८ सय वर्ष पुरानो ज्वालामुखी एउटा सानो टापुमा फेरि पनि सक्रिय हुनथालेको छ । यसले क्यारिबियन टापुमा ठूलै हलचल ल्याइदिएको छ । रेक्जेन्स द्विपमा ज्वालामुखीको ८ सय वर्षपछि पुनरागमन हुँदा त्यहाँका स्थानीय अबका दिन पनि सुखद् नहुने कुरामा विश्वस्त देखिन्छन् ।

पछिल्लो समयमा बस्ती खाली गर्ने र बसाइँ सर्नेको बाढी नै लागेको छ । अमेरिकी नासासहितका अन्य वैज्ञानिक एजेन्सी तथा संस्थाहरूले अहिले क्यारिबियन टापुमा सेटेलाइटका माध्यमबाट निगरानी गरिरहेका छन् । ‘खतरा’ घोषणा गरिएका इलाकामा बढी निगरानी रहेको छ भने अन्य इलाकामा पनि उच्च सावधानी अपनाउने गरिएको छ ।

पछिल्लो समयमा यसरी पुरानापुराना ज्वालामुखी पनि किन सक्रिय भइरहेका छन् भनी खोज तथा अनुसन्धान अघि बढिरहेको छ । तीमध्ये धेरै जानकारको नजरमा यो ‘ग्लोबल वार्मिङ’का कारण पनि हो भन्ने तर्क तथा बहसले ठाउँ लिइरहेको छ । अन्टार्कटिकामा रहेको अथाह हिउँ पग्लने र समुद्री सतहमा पानीको वजन बढिरहने भएकाले असन्तुलनका कारण यसो हुनगएको उनीहरूको ठहर छ ।

ज्वालामुखीविद्हरू भन्छन्, ‘सिंगो विश्वलाई नियाल्यौं भने ज्वालामुखी विस्फोटनका घटना पहिलेको तुलनामा बढेको भन्ने होइन, तर विस्फोटनमा कमी भने आएको छैन ।’ यसको अर्थ हो, सतर्कता र ज्वालामुखी प्रभावित क्षेत्रमा उच्च सर्कता उत्ति नै जरुरी छ । यसका लागि स्थानीयका साथै आगन्तुक तथा पर्यटक सतर्क रहनु पनि उत्तिकै जरुरी छ ।

विगतको तुलनामा मानव हताहती निकै कम भएको छ । विज्ञान तथा प्रविधिका कारण यो सबै सम्भव हुनगएको हो । अहिले विश्वमा भइरहेको खोज तथा अनुसन्धान र समस्या न्यूनीकरणका लागि प्रयास सार्थक रूपमा अघि बढिरहेका छन् । यसै कारणले पनि ज्वालामुखीको टापु क्यारेबियन मुलुकहरू सुरक्षित र सापेक्ष मानव बस्तीका लागि योग्य रहँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने