सिरहा । सिरहाको अर्नामा गाउँपालिका-१ ईस्लामपुरबाट शुक्रबार दिउँसो प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका- १ ईस्लामपुरका ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका- १ देविपुरका ३५ वर्षीय राजिन महरा रहेको प्रहरीले जनाएको छ ।
मोहम्मद सकिलको घरमा प्लास्टिकको बोरामा लुकाएर राखेको तयारी अवस्थाको १२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिनु भयो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलिले सकिलको घरमा खोजतलास गर्दा गाँजा बरामद गरेकाे हो ।
पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको एसपी चतुर्बेदीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)